arrow

मानार्थ महारथीको दर्ज्यानी लिन प्रधानसेनापति भारत प्रस्थान

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
Army_chif_India.jpg

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणमा गएका छन् । थापा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा ७ सदस्यीय भ्रमण दलसहित शुक्रबार भारत प्रस्थान गरेका हुन् ।  

भारत भ्रमणको क्रममा प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले विमानस्थलमा बिदाई गरेका थिए । 

प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति थापालाई पौष २८ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा साउथ वेस्टर्न जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । 

प्रधानसेनापति थापाको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितीमा बलाधिकृत रथी हेमन्तराज कुँवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापति थापासहितको उच्चस्तरिय भ्रमणदल मिति माघ ०२ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ