arrow

यो सुन्दर गाउँमा बस्छन् केवल सयजना मानिस

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
basti.jpg

काठमाडौं । कुनै गाउँको कुरा गर्दा मानिसहरुको सोच कच्चा घर, खेतबारी, कच्ची सडकको तस्वीर आउँछ ।  यद्यपि विश्वमा यस्तो पनि गाउँ छ, जसको धेरै टाढासम्म पनि यी कुराहरु देखिँदैनन् र असुविधा शब्दको खासै प्रयोग नै हुँदैन ।

दक्षिण अमेरिकी मुलुक पेरुमा रहेको हुआकाचिना सबै सुविधाले सम्पन्न गाउँ हो । यो गाउँमा करिब १ सय मानिसहरुको स्थायी बसोबास छ तर यहाँ वर्षेनी हजारौंको संख्यामा पर्यटकहरु घुम्न जाने गरेका छन् ।

हुआकाचिना क्षेत्रमा एक सानो प्राकृतिक ताल रहेको छ । यो ताललाई अमेरिकाको नखलिस्तानको नामले पनि चिनिन्छ । गाउँमा रहेको यो तालबारे मानिसहरुमा विभिन्न किसिमको भनाइहरु सुन्नमा पाइन्छ । यो तालमा एक परीले नुहाउँदै गर्दा एक शिकारले उनलाई प्रहार गरेको तर उनी बच्न सफल भएकी थिइन् ।

उनको कपडाबाट भने टीला बनेको थियो र यो टिलाभित्र सो गाउँ बसेको हो । केहीले भने उनी जलपरीको रुपमा नखलिस्तानमा बस्छिन् । रातको समयमा यो गाउँ निकै आकर्षण र सुन्दर देखिने गर्छ ।

सूर्यास्तको समयमा देखिने अद्भूत दृश्य हेर्नका लागि उल्लेख्य संख्यामा मानिसहरु आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ