arrow

डा. केसीका समर्थकले 'लूटतन्त्र विरुद्ध' शनिबार माइतीघरमा प्रदर्शन गर्ने

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
iamwithgovindakc.jpg

काठमाडौं । संसदले आफूसँगको सम्झौता लत्याएर चिकित्सा शिक्षा विधेयक पारित गरेपछि १६ औं सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको पक्षमा शनिबार प्रदर्शन हुने भएको छ । डा. केसीका समर्थकहरुले शनिबारको सो प्रदर्शन लूटतन्त्र विरुद्धको प्रदर्शन हुने बताएका छन् ।

शनिबार मध्याह्न १२ बजे माईतीघर मण्डलामा प्रदर्शन हुने भएको हो । विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राख्दै डा. केसी दुइदिनदेखि पूर्वी नेपालको इलाममा अनिश्चितकालीन आमरण अनसनमा छन् ।

यस अघि पनि पटक पटक अनसन बसिरहेका केसीको पक्षमा सक्रिय अभियान्ताहरुले समर्थन गर्दै आएका छन् । सरकारले केसीको मागलाई लत्याउँदै चिकिस्सा शिक्षा विधेयक संसद्मा पठाएको थियो भने केसीको माग सम्बोधन नहुने गरी संसदले पनि बहुमतबाट सो विधेयक पारित गरिसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ