arrow

नैनसिंहकै समुहबाट चुनाव जीतेका ७ पदाधिकारीहरुले दिए नेविसंघबाट राजिनामा

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
nainsingh-mahar.jpg.jpeg

काठमाडौं। नेविसंघका सात जना पदाधिकारीले पदबाट संयुक्त राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेहरुमा सभापति देउवाकै निकट रहेर अध्यक्ष नैनसिंह महरको समुहबाट चुनाव जीतेका उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन्। यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे,अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन्।

राजीनामा बुझाउन नेविसंघ पदाधिकारीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । ७ पदाधिकारीको राजीनामाले नेविसंघ अध्यक्ष नैनसिंह महर थप अप्ठ्यारोमा परेका छन् । तोकिएको मितिमा अधिवेशन गर्न नसकिएपछि निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्तरुपमा राजीनामा बुझाएको महामन्त्री सरोज थापाले बताए।

भदौमा हुने भनिएको नेविसंघको महाधिवेशन आन्तरिक विवादका कारण हुन नसकेपछि पार्टीले थपिदिएको तीन महिनाको समयमा पनिमहाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो। महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको छ ।

यतिखेर देशभर नेविसंघका जिल्ला तथा क्याम्पसमा अधिवेशनबाट नेतृत्व चयन हुँदैछ। तर महरकै सहयोगी रहेका पदाधिकारीहरुको राजीनामाले भने अधिवेशन अन्यौलमा परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ