arrow

१६ वर्ष अघि राम रहिमले पत्रकारको हत्या गरेको पुष्टि, जीवन काराबासमै विताउनुपर्ने 

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
ram_rahim1.jpg

नयाँ दिल्ली । हरियाणाका पत्रकार रामचन्द्र छत्रपति हत्याकाण्डमा डेरा सच्चा सौदा प्रमुख राम रहीमलार्इ अदालतले दोषी ठहर गरेको छ । पंचकूलाका विशेष सीबीआई अदालतका न्यायाधीश जगदीप सिंहले १६ वर्षपछि यो हत्याकाण्डका दोषी ठहर गरेको हो । यो काण्डमा राम रहीम समेत चार आरोपीहरुलार्इ शुक्रवार अदालतले दोषी ठहर गरेको हो । अदालतद्वारा दोषी ठहर भएपछि अब राम रहीम एवं बाँकी दोषीहरुको नाम जनवरी १७ मा घोषणा गर्ने बताईएको छ । यद्यपि यो घटनामा समेत दोषी पाईएपछि अब राम रहिम जीवनभर जेलमा नै जीउन बाध्य हुने निश्चित भएको छ । 

सुनवाईभन्दा पहिले पंचकूलामा सिबीआईको विशेष अदालत वरपर विशेष सुरक्षा सतर्कता बढाइएको थियो । यौन शोषणको मुद्दामा राम रहीमलाई सजाय दिँदाको समयमा जस्तै झडप हुनसक्ने देखेर यस्तो सुरक्षा दिईएको थियो । यो अदालतको फैसलाको समयमा सुरक्षाको कारण देखाउँदै मिडियालाई समेत अदालतमा प्रवेश दिइएको थिएन । 

पंचकूलामा सीबीआई स्पेशल कोर्टको बारेमा जानकारी दिँदै डीसीपी कमलदीप गोयलले भने, ुभारी संख्यामा पुलिसबललाई तैनाथ गरिएको थियो । ताकि कुनै सुरक्षा चिन्ता नहोस् । अदालत परिसरमा ५०० भन्दा बढी संख्यामा प्रहरीहरु तैनाथ गरिएको थियो । 

भिडियो कन्फ्रेन्स मार्फत् पेशी 
सुरक्षा संवेदनशीलतालाई ध्यानमा दिँदै अदालतले राम रहिमलाई भिडियो कन्फ्रेन्स मार्फत् नै पेशी दिन र बयान लिन थालेको छ । सोही अदालतमा पनि अन्य कैदीहरुलाई अदालतमा स्वयं उपस्थित गराएर मात्रै बयान लिने या केही बोल्ने अवसर दिईन्छ । तर, रामरहिमलाई बाहिर लैजाँदा सुरक्षा चुनौती थपिने भएकोले यस्तो गरिएको स्थानीय प्रहरीले जनाएको छ । 

राज्य सरकारले अहिले डेराको मुख्यालय सिरसा तथा पंचकूलामा कडा सुरक्षाको प्रबन्ध मिलाएको छ । शुक्रबारको फैसलामा अदालतले राम रहिमलाई सशरीर उपस्थित गराउन निर्देशन दिएको थियो । तर, सुरुवाती फैसलाको समयमा भएको हिंसाबाट पाठ सिकेको स्थानीय प्रहरीले सुरक्षाको समस्या भएको भन्दै शुक्रबार पनि भिडियो कन्फ्रेन्सबाट नै अदालतमा पेश गरेको थियो । 

फेरि दंगाको आशंका 
सरकारले रामरहिम विरुद्ध फैसला भएको खण्डमा फेरि पनि दंगा हुनसक्ने खतरा देखेर नै पर्याप्त मात्रामा सुरक्षा व्यवस्था गरेको थियो । अदालतमा नै दंगा भयो भने त्यसले कानूनी कारबाहीमा नै समस्या आउन सक्ने देखेर सरकारले उच्च सुरक्षा व्यवस्था गरेको थियो । राम रहीमलाई एक महिलाको यौन शोषणको मामलामा दोषी ठहर गर्दा पनि अदालत आसपासमा नै दंगा र तोडफोड भएको थियो । 

के हो पत्रकार छत्रपति हत्याकाण्डरु 
पत्रकार रामचन्द्र छत्रपति हत्याकाण्ड करिब १६ साल पुरानो घटना हो । डेरा प्रमुख राम रहीम यसका आरोपी थिए । २००२ सालमा पत्रकार छत्रपतिको गोली हानी हत्या भएको थियो । छत्रपति आफ्नो समाचारपत्रमा डेरासँग जोडिएको विषयमा सकारात्मक समाचारहरु प्रकाशित गराउने गरेका थिए । पत्रकार छत्रपतिका परिजनले उनको हत्यामाथि किटानी जाहेरी दायर गरेका थिए । सीबीआईले २००७ मा चार्जशीट दाखिल गरिदिएको थियो । यसमा डेरा प्रमुख राम रहीमलाई हत्याको योजनाकारको रुपमा मानिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ