arrow

अमेरिकाका ‘इण्डो प्यासिफिक कमाण्डर’ स्वदेश फिर्ता

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
indo-pacific.jpg

काठमाडौँ ।  संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

उनलाई आज सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल भ्रमणको क्रममा कमाण्डर डेभिडसन प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, प्रधानसेनापतिलगायत उच्चपदस्थ सैनिक पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । साथै उनले काभ्रेपलाञ्चोकको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण भ्रमणसमेत गरेको सेनाले जनाएको छ ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ