arrow

विवेकशील साझा पार्टी टुक्रियो, थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७५ पुष २७ शुक्रबार
Rabindra-mishra-and-Ujwal-Thapa.jpg

काठमाडौं । विवेकशील साझा पार्टी टुक्रिएको छ । संघीय संसद्को चुनावताका एक भएर चुनावमा होमिएका दुई दल विवेकशील र साझा पार्टीको एकीकरणपछि विवेकशील साझा भएको थियो ।

उज्वल थापा नेतृत्वको विवेकशील पार्टी र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी एक भएर चुनावमा होमिएपनि उनीहरुबीच त्यस यता बैचारिक मूल्य र मान्यताबारे फरक मत देखिँदै गएपछि अन्ततः पार्टी फुटको चरणमा पुगेको हो ।

पार्टी एकीकरणमा विवेकशील तर्फको नेतृत्व गरेका थापा उनको पुरानो दल निकटलाई एक पछि अर्काे गर्दै सांगठनिक गतिविधि र अभियानहरुमा अलग गर्दै माईनस गर्न थालिएपछि विवेकशील साझा भित्र निकै मिलाउने प्रयास भएको थियो । यद्यपि थापा समूहलाई माइनस गर्दै मिश्र समूहले प्रदेश संयोजकहरु तोक्ने केन्द्रीय सदस्यहरु थप्ने र पार्टीका निर्णयहरु एकलौटी ढंगले गर्दै पार्टीको मूल मर्म पारदर्शिता विपरित गएपछि थापा समूह पार्टीबाट अलग हुँदै नयाँ पार्टी दर्ता प्रक्रियामा गएको एक केन्द्रीय सदस्यले बताए ।

विवेकशील साझाको केन्द्रीय समिति बैठक पुष ३० गते बोलाईएको थियो । सो बैठकमा बहुमतको आडमा पार्टी एकलौटी गरेर कब्जा गर्ने नियत राखिएपछि सो बैठक अघि नै तत्कालीन विवेकशील पार्टी निकटले भने अलग हुने मनस्थितीमा पुगेका थिए । बिहीबार उनीहरुको बागबजार स्थित एक घरमा छुट्टै बैठक समेत बसेको थियो ।

बैकल्पिक राजनीतिक शक्तिको रुपमा विवेकशील साझालाई अघि बढाउन मिश्र सहितको नेतृत्वमा सम्भव नभएपछि आफूहरु नयाँ पार्टी गठनको प्रक्रियामा गएको अर्का एक केन्द्रीय सदस्यले बताए । थापाको नेतृत्वमा १६ केन्द्रीय सदस्यहरु विवेकशील साझाबाट अलग भई नयाँ प्रक्रिया गठनमा लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ