arrow

प्युठान कांग्रेसका पुराना नेता जिसीको निधन, स्थानिय कांग्रेसद्धारा दुखः व्यक्त

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
nc-leader-puythan.jpg

प्युठान।  नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि झिमरुक ५ मच्छि निवासी केशर बहादुर जिसीको निधन भएको छ। ८२ वर्षका उमेरमा उनको आफ्नै निवास मच्छीमा निधन भएको हो। जिसी कांग्रेस प्युठानको इतिहासमा एक हस्ति मानिन्छन्।

२०४६ साल देखि कांग्रेसमा रहेर गाउँ सभापति, जिल्ला सदस्य समेत रहेका जिसीले पार्टीमा लामो समय सक्रिय भूमिका निर्वाह गरेका थिए। प्रेसर र सुगर रोगबाट समेत पिडित जिसीका एक श्रीमती तीन छोरा र चार छोरी छन। उनको निधनप्रति काँग्रेस प्युठानले दुःख व्यक्त गर्दै पार्टीलाई अपूरणीय क्षति पुगेको बताएको छ। 

जिसिको निधनले पार्टीलाइ ठूलो क्षती पुगेको उल्लेख गर्दै पार्टीले एक कुसल अभिभाबक गुमाएको कांग्रेस युवा नेता प्रमोद पोखरेलले बताए।

'साविकको ओखरकोटमा दुई जना कांग्रेस छदा उहाँ एक हुनुहुथ्यो। उहाँले सधै नेपाली कांग्रेस नै भनिरहनुभयो। उहाको निधनले पार्टिलाई ठूलो क्षती पुगेको छ ' पोख्रेलले भने।

झिमरुक नदि किनारमा जिसीको अन्तिम दाहसंस्कार गरिएको छ। कांग्रेस सभापति अमर प्रसाद भण्डारीले जिसीको पार्थिव शरिरमा पार्टीको चार तारे झण्डा  ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

सभापति भण्डारी सहित पुर्वपार्टी सभापति सुवास केसी, शालिकराम पण्डित, जिल्ला सचिब देबेन्द बर्मा, झिमरुक सभापती धरम जिसि सहित थुप्रै नेता कार्यकर्ताले श्रद्धाञ्जली दिएको कांग्रेस महाधिबेसन प्रतिनिधि प्रमोद पोखरेलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ