arrow

युभेन्टसमा चम्किरहेका रोनाल्डो मड्रिडको सम्झनामा

के रोनाल्डो बेच्नु रियाल मड्रिडको ऐतिहासिक भुल हो ?

logo
प्रकाशित २०७५ पुष २८ शनिबार
Ronaldo_Juventus_madrid.jpg

काठमाडौं। ला-लिगा फुटबलको कुरा गर्दा लियोनल मेस्सी र क्रिष्टानोको नाम छुट्नै सक्दैन र साथै उनीहरुले प्रतिनिधित्व गरेका क्लबहरु रियल मड्रिड र बार्सिलोना त भुल्ने कुरै भएन । करिब १० बर्ष बार्सिलोना र रियाल मड्रिड वा मेस्सी र रोनाल्डोको खेलले ला-लिगालाई छोपेको हुन्थ्यो। 

गत सिजन रियाल मड्रिडले क्रिष्टियानो रोनाल्डोलाई बेच्ने निर्णयमा पुग्यो जसबाट राम्रो आम्दानी त हुने भो तर प्रमुख खेलाडी बेच्दा हुने रिक्तता पुर्ती गर्ने कोही भएन भने स्थिती अहिलेको रियाल मड्रिड जस्तै हुन्छ। के रोनाल्डो बेच्नु रियाल मड्रिडको ऐतिहासिक भुल हो ?  

यसरि सिधै भन्दा खेलमा हारजित सामान्य हुने र टिमको फर्म एवं खेलाडीहरु घाइते हुनु जस्ता प्राविधिक कुराहरुले पनि खेलमा असर गर्ने हुन्छ। तर एउटा खेलाडी हुँदा वा नहुँदा परेको फरक हेर्न रियाल मड्रिडको अहिलेको सिजनको प्रदर्शनलाई हेर्दा पुग्छ।

अठार खेल खेलिसक्दा रियाल मड्रिडले ६ खेलमा हार ब्योहोरिसकेको छ भने अंक तालिकामा पनि ३० अंकका साथ पाँचौं स्थानमा रहेको छ। सिजनको अन्तसम्म ४ स्थान भित्र नपरेमा अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउनेछैन। हुनत: यो सिजनको च्याम्पियन्स लिग जितेमा अर्को सिजनका लागि छनौट हुने नियम छ। तर यो सिजनको ला-लिगाको खेल हेर्दा लगातार पछिल्लो तीन पटकको बिजेताले यो पल्ट जित्छ जस्तो लाग्दैन। 

क्रिष्टियानो बिना रियाल मड्रिड त फिक्का देखिएको छ। अग्रपंक्तिमा रहेका गारेथ बेल र करिम बेन्जेमा मणी हराको नाग जस्तो देखिन्छन । दुवै खेलाडी डि-एरियामा आएपछि केही खोजिरहेको जस्तो देखिन्छन। 

फिफा बर्ष खेलाडि र बलोन डि’अर बिजेता लुका मोडरिच पनि अलमलिएको र उनले निकालेका पासहरु खेर गैरहे झैं भान हुन्छ । देब्रे तिरको मोर्चा सम्हाल्ने मार्सेलो पनि अलमलिएका र फर्ममा नभएका जस्ता देखिन्छन भने सर्जियो रामोश पनि फर्ममा देखिन्नन्। 

सबै खेलाडीहरु क्रिष्टियानोलाई खोजिरहे झैं देखन्छन्। मड्रिडको यसपालीको खेल प्रदर्शनले पनि भन्छ रोनाल्डोको कमी स्पष्ट देखिन्छ। गत सिजनमा प्रति खेल २.४७ गोल गरेको रियालले यो सिजन १.४४ गोल प्रति खेल गरिरहेको छ। यो तथ्याङ्कले पनि रियाल मड्रिड गोल गर्न सकिरहेको छैन भन्ने स्पष्ट देखाउँछ भने क्रिष्टियानोको कमी नि झल्किन्छ।

यो सिजनमा १८ खेलमा २६ गोल गरेको रियालले २३ गोल खाएको छ। पहिलो स्थानमा रहेको बार्सिलोनाले ५० गोल गरिसकेको छ । प्रमुख अग्रपंक्तिका खेलाडीद्वय गारेथ बेल र करिम बेन्जेमाले आफु बिच ११ गोल मात्र गरेका छन। यसरी माथिका तथ्यांकहरुलाई हेर्ने हो भने केही पैसाका लागि रोनाल्डो बेच्नु मड्रिडको ऐतिहासिक भुल हो अझ अली अगाडी बढेर भनौं यो फुटबल ईतिहासको सबैभन्दा ठुलो भुल हो । 

मड्रिडका म्यानेजर सालरीले भनेका छन् ‘रोनाल्डो मड्रिडको पहिचान र शान हो। उ जताबाट खेले पनि मड्रिडको ईतिहासको एक अभिन्न अंग हो।‘

रियालले आफ्नो खेलमा कुनै गति दिन नसकिरहेको बेला उता रोनाल्डो सिरी एमा पनि उही फर्ममा रहेका छन्। पाँच पटकका बलेन डि’'अर बिजेता उनले अहिलेसम्म सिरी एमा १४ गोल गरिसकेका छन् भने ५ असिस्ट पनि उनको नाममा रहेको छ। रोनाल्डो बिना मड्रिडका खेलाडीहरुले लय समात्न नसको समयमा रोनाल्डोले नयाँ लिग, नयाँ कोच, नयाँ खेलाडी , नयाँ बातावरणमा आफ्नो छाप छाड्न शुरु गरिसकेका छन्। 

‘रोनाल्डोले रियालमा आफ्नो भविष्य देख्थे वा देख्थेनन् तर रियालले खेलेको हरेक खेलमा उनी नै हिरो हुन्थे’ ईस्को रोनाल्डोलाई सम्झन्छन्। प्रिमियर लिग, ला-लिगामा आफ्ना क्लबहरुलाई सफलता दिलाईसकेका रोनल्डोले सिरी एमा पनि सुरुवाती छनक त्यस्तै दिएका छन्। उनले युभेन्टसलाई च्याम्पियन्स लिग जिताउन सकेमा उनी फुटबलका सबैभन्दा उत्कृष्ट खेलाडीका रुपमा रहने छन्। तीन वटा लिग तीन फरक क्लबबाट एउटै उपाधि, यस्तो त सायदै हुन्छ होला।

आफ्नो देश पोर्चुगललाई युरो कपको उपाधि पनि उनकै नेतृत्वमा दिलाईसकेका रोनाल्डोले विश्वकप भने दिलाउन सकेका छैनन् आफ्नो देशलाई, सायद विश्वकपका लागि अब उनीसँग समय छैन। रोनाल्डो विश्वको सबैभन्दा सफल र राम्रा खेलाडीको उपाधि नजिक रहेका छन्। उनी अज २ बर्ष जति युभेन्टसमा बिताउने नै छन्।त्यो समयमा उनले पाउने र क्लबलाई दिलाउने सफलताहरुले भन्ने छन् की उनको सफलताको उडान कहाँसम्मको हुनेछ ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ