arrow

अमेरिकाको आंशिक बन्द इतिहासकै लामो, ८ लाख कर्मचारीले पाएनन् तलब

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २८ शनिबार
us_shoutdown.jpeg

काठमाडौं । डोनाल्ड ट्रम्पको मेक्सिकोको सीमामा पर्खाल लगाउने बजेटबारे देखिएको विवादबाट सुरु भएको अमेरिकाबन्द अहिलेसम्मकै सबैभन्दा लामो बन्न पुगेको छ ।  

शुक्रबार मध्यरातबाट अमेरिकाको आशिंक बन्द २२ औं दिनमा प्रवेश गरेको हो । २२ दिनसम्मको अमेरिका बन्दको कारण संघीय कर्मचारीहरु समस्यामा परेका छन् । अमेरिकी संसद सिनेटले ट्रम्पको योजनाअनुसारको मेक्सिकोको सीमामा लगाउने बजेट नदिने भएसँगै ट्रम्प अमेरिका बन्द नखुलाउने अडानमा देखिएका हुन् । 

यसअघिको सबैभन्दा लामो अमेरिका बन्द सन् १९९५/९६ मा विल क्लिन्टनको पालामा २१ चलेको थियो । डिसेम्बर १५ सन् १९९५ बाट सुरु भएको सो आंशिक बन्द जनवरी ४ मा सकिएको थियो । 

ट्रम्पले मेक्सिकोको सीमाको लागि बजेट पारित नगराए आपतकालीन अवस्थाको घोषणा गर्ने चेतावनी पनि दिइसकेका छन् । 
अमेरिका बन्द नभएको अवस्थामा ८ लाख कर्मचारीहरुले शुक्रबार तलब पाउने थिए तर उनीहरुको तलब रोकिएको छ । अमेरिकी संसदमा ट्रम्पको पक्षमा मानिसहरु बढ्नुभन्दा पनि घट्ने क्रम देखिएसँगै अमेरिका बन्दबारे आशंका बढेको हो । 

विभिन्न संघीय राज्यका गभर्नरहरुले पनि ट्रम्पको योजना ठीक नरहेको बताएका छन् । क्यालिफोर्नियाका गभर्नर ग्याविन न्युसमले जुन पर्खाल अमेरिकी नागरिकहरुले नै चाहँदैनन्, त्यसका लागि यति ठूलो संकट सिर्जना गर्नु राम्रो कुरा नरहेको बताए । 

केही रिपब्लिकन सांसदहरुले भने तत्काल आपतकालीन अवस्थाको घोषणा गर्दै पर्खाल निर्माणका लागि पैसा जुटाउन आग्रह गरेका छन् । 

डेमोक्रेटिक सांसदहरुले भने ट्रम्पले आफूमाथि लागेको राष्ट्रपतीउ निर्वाचनमा जित हासिल गर्न अवैध आर्थिक रकम खर्चिएको मुद्दालाई प्रभाव पार्न ट्रम्पले अमेरिका बन्द जारी राखेको आरोप लगाएका छन् । उनीहरुले यो मेक्सिको र अमेरिकाबीचको पर्खालको विषय नभई ट्रम्पको असफलताको पर्खाल रहेको उनीहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ