arrow

जोशीले क्याम्प फेरे, प्रदेश ४ मा पौडेल धौलागिरीबाट संस्थापनको उम्मेदवार

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
prkas.jpg.jpeg
कठमाडौ। नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा नेतृत्व चयनको लागि रस्साकस्सी चलेको छ। नेतृत्वको लागि मतदान गर्ने दिन एक दिन बाँकी रहँदा विभिन्न समुहले प्यानल बनाउने अन्तिम तयारीमा जुटेका छन्। देउवा पक्षले प्यानलनै सार्वजनिक गरेको छ भने संस्थापनले पनि प्यानलको अन्तिम टुंगो लगाउने कसरतमा रहेको छ।
 
प्रदेश नं ४ अन्तरगत धौलागिरीबाट दुई समुहबाट दुई जना भिड्ने भएका छन्। संस्थापनमा रहेर काम गर्दै आएका पर्वतका अर्जुन जोशीले क्याम्प परिवर्तन गरेर देउवा प्यानलमा निर्वाचनमा होमिएका छन्। जोशीले क्याम्प परिवर्तन गरे पछि नेपाली कांग्रेस, बागलुङकाका निर्वतमान सभापति एवं सांसद प्रकाश शर्मा पौडेल प्रदेश नं ४मा संस्थापनको उम्मेदवार भएका छन्।
 
प्रदेश नं ४को केन्द्रीय सदस्यमा संस्थापनका मुस्ताङकै रोमी गौचनले बागलुङका प्रकाश शर्मा पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पछि पौडेल संस्थापनकोतर्फबाट धौलागिरीको प्रतिनीधित्व गर्दै उम्मेदवार भएका हुन्।
 
प्रदेश नं ४बाट दुई जना केन्द्रीय सदस्य हुने प्रावधान रहेको छ। संस्थापनकोतर्फबाट धौलागिरीका पौडेल निस्चित भएका छन् भने गण्डकीबाट संस्थापनका आकांक्षी धेरै भएकोले एक जना छनोट गर्न समस्या भएको नेताले बताए। धौलागिरीबाट एक जना मात्र उम्मेदवार भएकोले टुंगो लगायौँ, संस्थापनको प्यानल बनाउने जिम्मेवारी पाएका नेताले भने गण्डकीबाट एक जना टुंगो लगाउने अन्तिम तयारीमा जुटेका छौँ। यो सँगै सबै प्रदेश, खुल्ला केन्द्रीय सदस्य, महिला, समावेशी कोटामा पनि दुवै समुहले गृहकार्य गरिरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ