arrow

यात्रुबाहक बस सडकमै पल्टियो, ३१ घाइते

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
accident-final.jpeg

धादिङ । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । 

अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । 

घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि पुनः सञ्चालन भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ