arrow

युवा सङ्घ र वाइसिएलसंग मुख्यमन्त्री पौडेलले यसो भने

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
dormani.JPG

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले द्रुतगतिमा काम गरिरहेको बताएका छन् । युवा सङ्घ नेपाल तथा वाइसिएल नेपालद्वारा शनिबार मकवानपुरमा आयोजित भेटघाट तथा युवा भेलालाई सम्बोधन गर्दै उनले शून्यदेखि शुरुआत गर्नुपरेकै कारण प्रदेश सरकारले आधार तयार पार्न एक वर्ष खर्चिनु परेको बताए । मार्ग खोलिसकेकाले आगामी दिनमा राम्रो परिणाम आउने उनको भनाइ थियो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडा, रामेश्वर राना र कुमारी मोक्तान तथा राष्ट्रियसभा सदस्य रामनारायण बिंडारीलगायतले युवाले कार्यक्रम गरेर एकताको सन्देश दिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ