arrow

अष्ट्रेलियामा गगन थापाको भब्य स्वागत 

logo
प्रकाशित २०७५ पुष २९ आइतबार

सिड्नी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गगन थापाको अष्ट्रेलियाको सिड्नीमा भब्य स्वागत भएको छ । जीवन उथ्थान बालगृहको सहयोगार्थ च्यारीटि कार्यक्रममा सहभागिता हुन सिड्नी आएका थापालाई सिड्नी एरपोर्टमा भब्य स्वागत गरीएको हो । 

तेश्रो पटक सिड्नी आएका थापालाई नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले सिड्नी एयरपोटमा भब्य स्वागत गरेका हुन् । 

जनसम्पर्क अष्ट्रेलियाका राजेश केसी, हिरा कंडेल, जिवन उथ्थानका पासाङ सेर्पा, मनिस कोईराला लगायतका व्यक्तिहरु थापा को स्वातका लागि एयरपोर्ट पुगेका थिए । 

शनिबार सिड्नी ओर्लिएका थापाले सोहि दिन साँझ जीवन उथ्थान अष्ट्रेलियाले आयोजना गरेको च्यारीटि कार्यक्रममा सहभागिता जनाएका छन् । 

कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘नेपालको सबैभन्दा ठूलो शक्ति र आशा आजको यूवा बर्ग हुन् , यो अरु १८–२० बर्ष सम्म रहन्छ र यो यूवा वर्गलाई नेपालले सही उपयोग गर्न सक्नुपर्छ,  १८–२० बर्षपछि नेपाल आजको जापान जस्तो हुनेछ, जापानले उm बेला त्यो सामर्थयता देखाएकोले आज बृद्ध पाल्न सकेको छ, हामीले यो १८ बर्षमा नेपाललाई बिकास र अर्थिक समृद्धि बनाएनै भने भोलका दिनमा बृद्ध पाल्न राष्ट्रलाई गाह्रो हुने छ ।’

उनले अगाडि भने, ‘सगरमाथाको देश र बुद्धको देशमात्र भनेर पुग्दैन हामी यस्तो देशमा जन्मिएको भाग्यमानी मानिस हो ।  तर अब गर्ब गर्ने कुरा हामीले गर्नु पर्छ, किताबमा बर्षौंदेखि पढेको कुरा रातदिन भनेर मात्र पुग्दैन, आगामी पिढिले पनि त्यहि गाथा दोहोर्याउने छ ।’

उनले भने, ‘प्रहरी, प्रशासन, अदालत, प्रधानमन्त्री, सबै निकायहरु आज अर्गनाईजेशनको रुपमा छन्  यिनलाई इन्टिच्यूशन बनाउन सकिएन । जनताले राजनितिक दलहरु मिल्नु पर्छ भन्नु गलत हो, दल मिल्नु राष्ट्रि सहमति गर्नु मिलेर खानु मात्र हो तसर्थ दल मिल्नै हुदैन दलहरुले अ–आफनो काम गर्ने हो, आफ्नो जिम्मेवारी निभाउने हो ।’

कार्यक्रममा एनआरएनए उपाध्यक्ष नन्द गुरुङ लगायत नेपाली समुदायका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा समाजसेवी तथा प्रदेश ३ प्रमुख अनुराधा कोईराला उपस्थित हुने भनिए पनि उनको उपस्थिति रहेको थिएन । स्वास्थ्यमा समस्य भएकाले उनी उपस्थित नभएको आयोजकले बताए । 

थापा आइतबार मेलवर्नमा नेपाली संघसंस्थाका प्रतिनिधिहरु तथा मेलवर्न जनसम्पर्कका कार्यकर्ताहरु संग भेटघाट गरी आइतबारै नेपाल फर्कने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ