arrow

सबै वडामा बर्थिङ सेन्टर रहेको पुर्वखोला गाउँपालिकाद्वारा बथिङ सेन्टरलाई औजार प्रदान

logo
सीता डोटेल,
प्रकाशित २०७५ पुष २९ आइतबार
birthing-center.jpg

पाल्पा । ‘जिरो होम डेलिभरी’ अभियानमा राम्रो प्रगति पाएको पूर्वखोला गाँउपालिकाले ४ वटा वडाका बर्थिङसेन्टरलाई सुत्केरी गराउन चाहिने अत्यावश्यक औजार तथा उपकरण उपलव्ध गराएको छ ।

गाँउपालिकाले वडा नं १ सिलुवा, वडा नं २ जल्पा, वडा नं ५ बीरकोट र वडा नं ६ हेक्लाङको बर्थिङ सेन्टरलाई सक्सन मेसिन, इलेक्टिक अक्सिजन मेसिन, डव्लर लगायतका औजार तथा उपकरण उपलव्ध गराएको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख तथा प्रबक्ता मोहन ढकालले जानकारी दिए । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि चारवटा वडाका बर्थिङ सेन्टरलाई ती मेसिन हस्तान्तरण गरेको हो । प्रति सेट १ लाख २० हजार मूल्यका ती उपकरणहरु गाँउपालिकाले आफ्नै खर्चमा खरीद गरि प्रदान गरेको हो । सिनियर अहेव समेत रहेका स्वास्थ्य उपप्रमुख ढकालले संस्थागत सुत्केरी अभियानलाई थप मद्धत गर्न मेसिनहरु उपलव्ध गराएको बताए । उनले बाँकी रहेका वडाहरु ३ नम्बर रिङनेरह र ४ नम्बर देवीनगरलाई पनि छिट्टै ती उपकरण उपलव्ध गराउने बताए ।

गाँउपालिकाले सुरु गरेको संस्थागत सुत्केरी कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । पहिले घरमा नै सुत्केरी हुने आमाहरु जनप्रतिनिधिले ल्याएको शुन्य होम डेलिभरी कार्यक्रमले गर्दा स्वास्थ्य संस्थामा नै सुत्केरी हुन जाने गरेका छन् । चालु आर्थिक बर्षको पछिल्लो विवरण अनुसार गाउँपालिकाका ९३ जना सुत्केरी भएकोमा ४ जना मात्रै घरमा सुत्केरी भएका छन् । ८९ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्– यो राम्रो प्रगति हो–पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले भने । हाल बर्थिङ्ग सेन्टरमा थप सामाग्री दिन बाँकी रहेका रिङनेरह र देविनगरमा भने सतप्रतिशत संस्थागत सुत्केरी भएका छन् । यस दुई वडाको नतिजा राम्रो भएकाले पनि अन्य वडालाई प्राथमिकता दिएको र केही दिनमा ती स्वास्थ्य संस्थामा पनि उपकरण दिने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाको सबै ८ वटै वडाका स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर भएकाले र गाउँपालिकाले गर्भवती महिलाका लागि लक्षित कार्यक्रम अन्तर्गत नियमित चेकजाच, अण्डा वितरण तथा शुन्य होम डेलिभरी कार्यक्रमलाई प्राथमिकता दिएकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेहरुको संख्यामा निकै प्रगति भएको हो । पूर्वखोला सबै वडामा बर्थिङसेन्टर सञ्चालनमा ल्याउने जिल्लाकै पहिलो गाँउपालिका हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ