arrow

शून्य समय : सरकार र डा केसीका बीचमा भएको सहमति अक्षरशः पालन गर्न माग

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
dr-kc1.jpg

काठमाडौं ।  प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा सांसदले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको बीचमा अर्थ मन्त्रालयले रकम विनियोजन गर्दा विभेद गरेको भन्दै यसलाई सच्याउन सरकार र सदनको ध्यानाकर्षण गरेका छन् ।

संसद् सचिवालयले हाल कारोवार गर्दै आएको एभरेष्ट बैंकको विकल्पमा राष्ट्रिय वाणिज्य बैंक अथवा अन्य कुनै सरकारी बैंकबाट कारोवार गर्न र संसद् सचिवालयमा रहेको चमेना गृह थप व्यवस्थित गर्न सचिवालय माग गरे।

सरकारले हालै जारी गरेको मर्यादाक्रम सच्याउन, सरकार र डा गोविन्द केसीका बीचमा भएको सहमति अक्षरशः पालन गर्न, निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनसमेत सांसद्ले बैठकमा माग गरे।

यसरी आफ्नो भनाइ राख्ने सांसदहरुमा लक्ष्मी परियार, लालकाजी गुरुङ, विनाकुमारी श्रेष्ठ, विन्दा पाण्डे, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ, सत्या पहाडी, सीतादेवी यादव, हरिराज अधिकारी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल र ज्ञानेन्द्रबहादुर कार्की थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ