arrow

मिनेन्द्रले प्रधानमन्त्रीलाई अर्थतन्त्रबारे पढाए, युवराज र रविन्द्र हाँसिरहे !

जनता गरिबीमै छन्, राष्ट्रपति निवास ठूलो बनाउँदैमा गणतन्त्र बलियो हुँदैन

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
minendra_rabindra.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आईतबार संसदमा प्रस्तुत गरेका अर्थतन्त्रको वर्तमान स्थिती झूट रहेको कुरामा त केही शंका नै रहेन । यसमा अर्थमन्त्रालयका अधिकारीहरु समेत प्रत्यक्ष रुपमा प्रधानमन्त्रीको विरुद्ध बोल्न नसकेपनि अप्रत्यक्ष रुपमा प्रधानमन्त्रीको गलत तथ्यांकबारे बोल्ने गरेका छन् ।

अर्थमन्त्रालयले दैनिक रुपमा प्रकाशित गर्ने सरकारी खर्चको विवरण र राष्ट्र बैंकले हरेक महिनामा निकाल्ने मूल्य बृद्धिको विवरणसँग प्रधानमन्त्रीले प्रकाशित गरेको विवरणको आकाश जमिनको फरक रहको थियो । यसरी प्रधानमन्त्रीले गलत तथ्यांक दिएपछि प्रतिपक्षीले सो दिन त प्रश्न सोध्ने नाममा संसदमा हंगामा नै मच्चायो । 

तर, पछि सहमति भएपछि प्रश्न नसोधि काँग्रेस पछि हट्यो । आईतबार बसेको संसद बैठकमा नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्रीले संसदमा झुट बोलको विषयमा आपत्ति जनाएका थिए । उनले अहिले ४.२ प्रतिशतको मूल्यबृद्धि रहेकोमा प्रधानमन्त्रीको तथ्यांकमा ७.३ प्रतिशत कसरी आयो ? भनेर प्रश्न गरेका थिए । उनले १५ प्रतिशत रहेको सरकारी खर्च प्रधानमन्त्रीको तथ्यांकमा भने कसरी २५ प्रतिशत पुग्यो भनेर प्रश्न गर्दा संसदमै मन्त्रीहरु बस्ने कुर्सीमा सँगै बसिरहेका अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री रविन्द्र अधिकारी भने मुसुमुसु हाँसिरहेका थिए । 

रिजालले सरकारी खर्च कम, मूल्य बृद्धि बढी शोधनान्तर स्थिती ५७ अर्बले ऋणात्मक यस्ता नकारात्मक स्थिती धेरै भईरहँदा प्रधानमन्त्रीलाई सरोकारवालाहरुले किन नपढाई पठाएर उल्टो विवरण पठाएको भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीलाई संसदमा बोल्न पठाउँदा त राम्रोसँग पढाएर पठाउन सुझाव समेत दिएका छन् । 

संसद्मा बोल्दै रिजालले राष्ट्रपति निवास ठूलो बनाउँदैमा गणतन्त्र बलियो नहुने धारणा व्यक्त गरेका छन् । जनताको गरिबीको स्तर जहाँको त्यहीँ रहेको भन्दै नेता रिजालले प्रधानमन्त्रीले संसदमा भनेजस्तो जनता सुखी र गरिबीको स्तरबाट माथि नउठीसकेको प्रतिक्रिया समेत उनले दिए । 

गत आईतबार संसदमा सार्वजनिक महत्वको विषयमा उठेको प्रश्नमाथि टिप्पणी गर्दै दिएको अभिव्यक्तिको खण्डन गर्दै नेता रिजालले संसदमा झूट बोलेर, सत्याग्रहीमाथि धावा बोलेर र बुद्धिजीवीलाई डाँडा कटाएर लोकतन्त्र बलियो नहुने दाबी समेत गरे । उनले अन्तप्र्रदेश समन्वय नगर्ने, आयोगहरुलाई पूर्णता नदिने र संबैधानिक आयोगहरुलाई कमजोर बनाउँदै लगेर संघीयतालाई भने बलियो बनाएको सरकारी दाबी सही नभएको रिजालको भनाई थियो । उनले झुटा बोलेरमात्रै संस्था बलियो नहुने भन्दै संस्था बलियो बनाउनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ