arrow

एक वर्षे पिजिडिसिएमा भर्ना खुल्यो, गैर आइटीका विद्यार्थीले पनि सिधै डिग्री लिन सक्ने

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
Kantipur_collage.jpg

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आइटी विषय भन्दा बाहिरी विषयबाट स्नातक गरेका विद्यार्थीहरुको लागि पनि स्नातकोत्तर गर्ने अवसर दिएको छ । एक वर्षे पोस्ट ग्य्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेशन (पिजिडिसिए) गरेपछि आइटी विषय भन्दा बाहिरी विषयबाट स्नातक गरेकाहरुले मास्टर्स इन कम्प्युटर एप्लिकेशन (एमसीए) मा सीधै पढ्न पाउने भएका हुन् । 

अहिले काठमाडौंमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेजमा पिजिडिसिएका लागि आवेदन फारम खुलेको छ । कलेजका प्राचार्य राजु कट्टेलले पिजिडिसिए कोर्स गर्न चाहनेहरुले माघ २० गतेसम्म आवेदन फारम भर्न सक्ने जानकारी दिए । एक वर्षको पिजिडिसिए कोर्स गरेपछि गैर आइटी क्षेत्रका विद्यार्थीहरुले सीधै एमसिए पढ्न पाउने पनि कट्टेलले जानकारी दिए । 

यो कोर्स पूर्वाञ्चल विश्वविद्यालयले ल्याएको पुरानो कम्प्युटर कोर्स वा शैक्षिक कार्यक्रम हो । यस विश्वविद्यालयबाट सम्बन्धन लिई कान्तिपुर सिटी कलेजलगायतले यो कार्यक्रम सञ्चालन गरिरहेका छन् । हाल नेपालमा पूर्वाञ्चल विश्वविद्यालयले मात्र यस्तो कोर्स सञ्चालन गरिरहेको कलेजको दाबी छ। सेमेस्टर सिस्टममा पढाइ हुने यो कोर्सको जिपिए प्रणालीबाट मूल्यांकन गरिन्छ ।

प्राचार्य कट्टेलका अनुसार कुनै पनि विषयमा स्नातक उत्तीर्ण विद्यार्थीले पिजिडिसिए अध्ययन गर्न सक्नेछन् । स्नातकमा न्यूनतम ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरु यो विषय पढ्नको लागि योग्य मानिनेछन् । स्नातकमा आइटी, साइन्स वा इन्जियिरिङ विषयका अलावा बिए, बिएससी, बिएड लगायतका संकायका विद्यार्थी पनि पिजिडिसिएको अध्ययनका लागि योग्य हुने बताईएको छ । 

के के सिकाईन्छ यो कोर्समा ? 
यो कोर्समा आईटी सम्बन्धी आधारभूत जानकारी दिइन्छ । १०० प्रतिशतसम्म छात्रबृत्ति पाउन सकिने यो कोर्समा विद्यार्थीहरुलाई विशेषगरी सफ्टवेयर प्रणालीको बारेमा बढी जानकारी दिइन्छ । यसले मानिसको जीवनशैलीसँग सम्बन्धित रहेर प्रविधिको उपयोग र विकाससम्बन्धी ज्ञानलाई जोड दिन्छ । कम्प्युटरमा आधारित सिस्टमको एनलाइसिस, डिजाइन र डेभलपमेन्ट सम्बन्धी जानकारी प्रदान गर्दछ । त्यस्तै वर्तमान र भविष्यका प्रविधिहरूबारे विद्यार्थीलाई अनुसन्धानमा सहभागी लगाउँछ । साथै उनीहरूलाई उद्यमशीलता शीपको विकास गर्न पनि मद्दत पुर्‍याउँछ । विद्यार्थीको साउन्ड प्रिजेन्टेशन र कम्युनिकेशन स्किल बढाउन पनि पिजिडिसिएले सहयोग गर्दछ । 

प्राचार्य कट्टेलका अनुसार पहिलो सेमेस्टरमा सूचना प्रविधिको परिचय, डिजिटल लजिक एन्ड कम्प्युटर डिजाइन, प्रोब्लम सल्भिङ एन्ड प्रोग्रामिङ इल सी, डाटा कम्युनिकेशन्स एन्ड नेटवर्क, म्याथमेटिक्स र वेब टेक्नोलोजी लगायत विषय अध्ययन गर्नुपर्छ । त्यस्तै दोस्रो सेमेस्टरमा सिस्टम एनलाइसिस एन्ड डिजाइन, डाटा स्ट्रक्चर एन्ड अल्गोरिदम, स्टाटिस्टिक्स एन्ड न्युमेरिकल मेथड्स, डाटाबेस म्यानेजमेन्ट सिस्टम, अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ लगायत विषय अध्ययन गर्नुपर्छ । 

पढाइपछि के गर्ने ?
विद्यार्थीले यो एक वषको यो शैक्षिक कार्यक्रमपछि सूचना प्रविधि क्षेत्रमा विभिन्न अवसर प्राप्त गर्छन् । यो क्षेत्रमा जागिर पाउनुका साथै आफै स्वराजगार बन्न सक्छन् । पिजिडिसिए गरेपछि मास्टर्स इन कम्प्युटरका अन्य विषयमा डिग्री गर्न सकिन्छ । गैरआइटी विषय पढेका स्नातकका विद्यार्थीले मास्टर्समा आइटी विषय पढ्ने ढोका पनि यो हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ