arrow

प्रजिअसंग कार्यसम्पादन करार सम्झौता 

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ माघ १ मंगलबार
agreement.jpg

गुल्मी । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी विच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । 

यही माघ १ गते देखि लागु हुने गरि कार्य सम्पादन करार गर्ने गृह मन्त्रालयको नीति अनुसार सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । 

कार्य सम्पादन करार गर्ने आधारमा नेपाल सरकार गृह मन्त्रालयले देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्य सम्पादन मुल्याङ्कन गर्ने भएको छ । 

नेपाल सरकार गृह मन्त्रालयले अन्तराष्ट्रिय सिमाना जोडिएका जिल्लामा १ सय २ र सिमाना नजोडिएका जिल्लामा ९९ पूर्णाङ्कमा प्रमुख जिल्ला अधिकारीको कार्य सम्पादन मुल्याङ्कन गर्ने भएको छ । 

विभिन्न शिर्षकमा प्रमुख जिल्ला अधिकारीको मुल्याङ्कन हुनेछ । मूख्य नतिजाको क्षेत्र, शान्ति सुरक्षा र अमनचयन, शुसाशन र सेवा प्रवाह, सामाजिक सुधार रुपान्तरण, विपद व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन लगायतका शिर्षकमा मुल्याङ्कन गरिनेछ । 

कार्य सम्पादन सम्झौतामा हस्ताक्षर पछि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गृह प्रशासनलाई चुस्तदु्रस्त र व्यवस्थित बनाएर जाने, नागरिकहरुको शान्ति, सुरक्षा प्रति सजग भएर जाने, केन्द्रिय योजनाहरुको अनुगमन मूल्याङकनलाई प्रभावकारी बनाउने, नागरिक सेवा प्रवाहलाई व्यवस्थित गर्ने तरिकाले यो कार्य सम्पादन करारमा विभिन्न ९९ वटा क्रियाकलापहरुलाई संख्यात्मक ढङ्गबाट व्यवस्थित गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले भने । 

प्रजिअ पौडेलले भने –‘सम्पूर्ण कामहरु हामिले विगतका दिनहरुमा गरेका कामहरु हुन तथापी यसलाई व्यवस्थित गराएर बस्तुनिष्ठ तरिकाबाट कसले कसरी जवाफदेही भएर काम गरेको छ भनेर यसलाई हाम्रो कार्य सम्पादन मुल्याङ्कनसँग दाँजेर ७७ वटा प्रजिअहरु मध्ये उत्कृष्ठ काम कसले गर्यो र कार्य सम्पादनको मुल्याङ्कन गर्न पनि सहज हुने भएकोले यो व्यवस्था गरेको हो।’ 

उनले यस कार्य सम्पादन करार सम्झौतालाई गुल्मी जिल्लाका नागरिकहरुलाई गरिने सेवा प्रवाह र सेवामा यसलाई मध्यनजर गर्दै गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे । 

कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा गृह मन्त्रालयका सह–सचिव महादेव पन्तको उपस्थित रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ