arrow

अनुभवका लागि वैज्ञानिकले आफैलाई सर्पले टोकाएर दिए ज्यान

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
snake-dust.jpg

काठमाडौं । के कुनै वैज्ञानिकले अध्ययनको लागि आफ्नो ज्यान दिन सक्छ ? इतिहास मा यसका कयौ उदाहरण रहेका छन् । यस मध्ये एक हुन्  वैज्ञानिक कार्ल पेटर्शन सिमिट सन् १९५७ को सेक्टेम्बरमा । अमरीकाको शिकागो प्रान्तको लिंकन पार्क चिडियाघरमा काम गर्ने एक व्यक्तिले एक अनौठो सर्प देखे ।

७६ सेन्टीमीटर लामो उक्त सर्पको प्रजाति जान्नको लागि सो सर्पलाई शिकागोको नेचुरल हिस्ट्री म्यूजियम लगियो । त्यहा चर्चीत  वैज्ञानिक कार्ल पेटर्शन सिमिट थिए । पब्लिक रेडियो इन्टरनेशनलकी एलिजाबेथ शकमेनका अनुसार सिमिट सरीसृप विज्ञानका जानकार मानिन्थे।

सिमिटले उक्त सर्पलाई आफ्नो नजिक लिएर सर्पको शरीरमा बनेको आकृतिको अध्ययन गर्न थाले । सोहि समय सर्पले उनको औलामा टोक्यो । तर सिमिटले डाक्टरकोमा नगएर औला चुसेर सर्पको विष निकाल्ने कोसिस गरे ।  उनले आफ्नो जर्नलमा सर्पले टोकेपछिको अनुभवका बारे लेख्न थाले ।

जर्नलमा सिमिट लेख्छन् , '४:३० देखि ५:३० सम्म शरिर चलमलाएको जस्तो अनुभव भयो तर वान्ता भएन,मैले होमवुडसम्म एक रेलमा यात्रा गरे । त्यसपछि ५:३० देखि ६:३० सम्म निकै जाडो जस्तो अनुभव भयो त्यसपछि १०१.७ डिग्री ज्वरो आयो । पछि साझ  ५:३० बजे गिजाबाट रगत आउन शुरू गर्‍यो।'

सिमिट अगाडि लेख्छन् , '८:३० बजे मैले दुई वटा टोस्ट खाए। फेरी राति ९:०० देखि १२:२० सम्म आरामले सुते । त्यसपछि मैले पिसाब गरे जसमा रगतको मात्रा ज्यादा थियो । त्यसपछि २६ सेक्टेम्बर बिहान ४:३० बजे मैले एक गिलास पानी पिए र र वान्ता गरे । जुन पच्न पाएको थिएन, त्यो मेरो पेटबाट निस्किएको थियो । त्यसछि मैले अथबा महसुस गरे र बिहान साढे ५ बजे सम्म सुते।'

सिमिटका अनुसार , ' बिहान साढे ६ बजे मेरो शरीरको तापक्रम ९८.२ डिग्री सेल्सियस थियो । मैले टोस्टसँगै उमालेको अण्डा, स्याउ र कफि पिए । त्यसपछि पिसाब आएन, तर हरेक तीन घण्टामा रगत निस्कियो । मुख र नाकबाट रगत निक्लन लगातार जारी रह्यो,  तर थोरै मात्रामा ।'

त्यसपछि दिउँसो डेढ बजे सिमिटले आफ्नो श्रीमतिलाई फोन गरे । त्यसपछि उनलाई डाक्टरकोमा पुर्‍याइयो तब उनको शरीर पसिनामा डुबेको थियो । उनि बेहोशीको स्थितिमा थिए । अस्पताल पुगेसँगै डाक्टरहरुले उनलाई होशमा ल्याउने निकै कोशिश गरे तर दिउँसो तीन बजे डाक्टरहरुले सिमिटलाई मृत घोषित गरे । डाक्टरले भने सास लिन गाह्रो भएको कारण सिमिटको ज्यान गयो । 

 सिमिटलाई टोक्ने अफ्रिकी सर्प बूमस्लेग हो । बूमस्लेगको बिष निकै चाडो असर गर्न गर्दछ । कुनै पक्षीको ज्यान लिन यसको ०.०००६ मिलीग्राम बिष काफी हुन्छ । उक्त  बिषको प्रभावबाट शरीरमा रगत जम्न सुरु गर्छ । जसबाट रगतको प्रवाह हुन छोड्छ ।  

सिमिटको पोस्टमार्टम रिपोर्टमा कलेजो, आखा, मुटु, किडनि र दिमागबाट रगत बगि रहेको थियो । 'शिकागो ट्रिब्यून' मा छपिएको समाचार अनुसार सिमिटको मृत्यु भन्दा पहिले उनलाई डाक्टरको मा जान सुझाव दिइएको थियो तर उनले यसलाई अस्विकार गर्दै लक्षणहरुको अध्ययन गर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ