arrow

१५ वर्षीय किशोर बँदेलको आक्रमणबाट गम्भीर घाइते

logo
प्रकाशित २०७५ माघ २ बुधबार
badel.jpeg

मार्तडी । बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

 गाउँ नजिकैको हल्याडाँडा वनमा बुवासँग घाँस काट्न गएका रोकायालाई बँदेलले आक्रमण गरेको हो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अछामको बयालपाटा अस्पताल लगिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ