arrow

विराटनगरका मेयर पराजुली आयोजनाको अनुगमनमा, भने - कुन बाटो कहिले बन्छ ?

logo
प्रकाशित २०७५ माघ २ बुधबार
anugaman1.jpg

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरमा भइरहेको विकास निर्माणका कार्यहरुको बुधवार अनुगमन गरेका छन् । समयसिमा भित्रै सडक निर्माण र कामहरुको अवस्था अध्ययन गर्न सडक अनुगमन गरिएको हो ।
 
महानगरभित्र ढल सहित  नाला र सडक निर्माण हुने काम भइरहेको छ । सडक विस्तारका क्रममा मूख्य वाधक विजुलीको पोल बनेको छ । कतिपय स्थानमा समाजमा भएका जग्गा विवादले समेत सडक निर्माणमा ढिलाइ भइरहेको छ । विराटनगरमा सञ्चालित क्षेत्रीय विकास परियोजना अन्तरगत विराटनगरको विकास भइरहेको छ ।

यीनै विकास निर्माणका वारेमा मेयर पराजुलीले कुन बाटो कति समय र कुन मितिमा सक्न सकिन्छ भनेर आयोजना कन्सलटेन्ट र इन्जिनियर संग प्रश्न गरेका छन् । विराटनगर महानगर वार्ड नं ७ को सहिद मैदान छेउको सडक,नेपाल टेलिकम छेउको गोहिली मार्ग, मोतिराम चोक छेउवाट जोडिएको वाटो ,इन्द्रमार्ग वार्ड नं ८को मधुमारापथ ,भगवती मार्ग,व्यासाश्रम मार्ग,भक्ति मार्ग,,भगवती चौक ,धरमबाद रोड, वार्ड नं. ९ को चुलाचुली मार्ग,न्युरोमार्ग, र वार्ड नं. १० को शाही मार्ग,प्रतिभा मार्ग सोमवारे हाट छेउ लगायतका  विभिन्न स्थानमा बनिरहेका सडकहरु कति गते र कुन महिना सम्पन्न गर्न सकिन्छ भनेर मेयर पराजुलीले  समयसिमाको समेत टिपोट गरेका छन् । अनुगमनका क्रममा मेयर पराजुलीले भने ंं जनतालाई उत्तर दिन आफुले समयसिमा निर्धारण गरि टिपोट गरेको बताए । जनताले पनि हामी संग सोध्छन् मेयर पराजुलीले भने ,, कुन बाटो कहिले बन्छ ?,,
 
जन अपेक्षा अनुरुप महानगरको विकास गर्ने लक्षका साथ आफु अगाडी बढिरहेको भन्दै मेयर पराजुलीले सम्पूर्ण नगरवासीको सहयोग आबश्यक रहेको औल्याए । अनुगमनका क्रममा परियोजनाका कन्सलटेन्ड इन्जिनियर हरेकृण्ण मण्डलले विराटनगर महानगरका अधिकांश सडकहरु निर्माणको अन्तिम तयारीमा रहेको बताए । अनुगमनका क्रममा वडाध्यक्ष निश्चल अर्याल ,मधुवावु तिवारी ,बिश्वनाथ भगत,माधवराज वाग्ले,इन्जिनियर भरत न्यौपाने,घनेश्याम काफ्ले लगायतको सहभागिता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ