arrow

बस दुर्घटनामा तीनको मृत्यु, थुप्रै घाइते, घटनाको पूर्ण विवरण आउन बाँकी

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
butwal-accident.jpg

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

बेनीबाट बिहीबार बिहान ८ बजे छुटेको ग१ख ६१०८ नंको यात्रुवाहक बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो । 

“दुर्घटनामा धेरै घाइते भएका र तिनको विस्तृत विवरण प्राप्त भइनसकेको तर तीनको मृत्यु भएको जानकारीमा आयो”, घटनास्थल पुगेका म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकृत लोकबहादुर गुरुङले बताए । 

घाइतेहरुलाई उपचारका लागि बागलुङ र कुश्माका अस्पतालमा पुर्याइएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ