arrow

रुकुम आठबीसकोट मेयरका सहयोगीले गरे जबर्जस्ती करणीको प्रयास

प्रहरीले अभियुक्तलाई भगाएको आरोप

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
Rape.jpg.jpeg

रुकुम। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक महिलाले आफुलाई जबर्जस्ती करणी गर्न खोजेको भन्दै प्रहरी समक्ष जाहेरी दिएकी छन् । नगरपालिका–१२ की २८ वर्षीया महिलाले नगरपालिका १० घारीखोलाका ३३ वर्षीय ध्रुवराज केसीले आफुलाई जबर्जस्ती गर्न खोजेको भन्दै उजुरी दिएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राती छोरासहित कोठामा सुतीरहेको अवस्थामा आफुमाथि बलात्कारको प्रयास भएको महिलाको उजुरीमा उल्लेख गरिएको छ । कोहि नभएको मौका छोपेर केसीले आफु सुत्ने कोठाको ढोका तोडफोड गरि भित्र प्रवेश गरेर आफुलाई कुटपिट गरेर बलात्कार गर्ने प्रयास गरेको पिडित महिलाको भनाई छ ।  

आठबीसकोट नगरपालिका १२ मा घर भएकी महिला नगरपालिका–११ को सिमबजारमा बस्दै आएकी थिइन् । घटना लगत्तै प्रहरीले दोषिलाई पक्राउ गरेर मेडिकल परिक्षण गर्दा उनले अत्याधिक मदिरा सेवन गरेको इलाका प्रहरी कार्यालय आठबीसकोटमा प्रहरी नायव निरीक्षक मदन शाहीले जानकारी दिए । मदिराका कारण केसीले बान्ता गरेपछि उनलाई थप उपचार गर्न नेपालगन्ज पठाइएको प्रहरीको भनाई छ ।

तर पिडित महिलाले भने राजनीतिक शक्तिको दुरुपयोग गर्दै आफुलाई बलात्कार गर्ने खोज्ने व्यक्तिलाई भगाएको भन्दै गुनासो गरेकीछन् । बलात्कार गर्न खोज्ने आठबीसकोट नगरप्रमुख गोरखबहादुर केसीका सहयोगी हुन् । नगरप्रमुखको दबामा प्रहरीले दोषिलाई भगाएर आफुलाई अन्याय गरेको महिलको भनाई छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक समुमित खड्काले भने प्रहरीको निगरानीमा केसीलाई नेपालगन्ज उपचार गर्न पठाएको र उपचारपछि कानुन अनुसार कारबाही हुने बताए । आठबीसकोट नगर अस्पतालमा उपचार हुन नसकेर रिफर गरेपछि मात्र उनलाई नेपालगन्ज लिइएको उनको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ