arrow

गगनले सोधे, 'प्रधानमन्त्री संस्थाको गरिमा जोगिएला ?' ओलीले भने : 'संसदको सम्मान गर्छु'

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
PM_gagan.jpg

काठमाडौं । प्रतिनिधि सभा संसदमा काँग्रेस सांसद गगन थापाले डा गोविन्द केसीको अनसनको बारेमा प्रधानमन्त्रीसँग सवाल पेश गरेका छन् । थापाले सरकार र गोविन्द केसीबीच भएको सम्झौता तोडमोड गरेर संसद्को समितिले तयार गरेको प्रतिवेदनमा डा. केसीको ९५ प्रतिशत माग पूरा भईसकेको भन्ने रकमी कुरा आएको आरोप समेत लगाएका छन् । 

उनले अहिलेको अवस्थामा सरकारले चाहेमा संसदले केसीको माग पूरा हुनेगरी विधेयक तयार पार्न सक्ने अवस्था रहेको भन्दै संसदीय प्रक्रियाबाट नै सम्झौताको हुबहु हुनेगरी विधेयक अघि बढाउन समेत थापाले माग गरेका छन् । यो विषय डा. केसी ढल्लान् भन्ने नभई यो विषय विधेयक, संसदीय प्रक्रिया भन्दा पनि प्रधानमन्त्रीको बचनको हो भन्दै थापाले चिन्ता गोविन्द केसी ढल्लान् भन्ने नभई प्रधानमन्त्री कार्यालयको गरिमा ढल्ला भन्ने चिन्ता रहेको बताए । उनले प्रधानमन्त्री कार्यालयको गरिमा जोगाउने वा भत्किन दिने हो ? भन्दै प्रश्न गरेका छन् । 

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सर्वाेच्चतालाई आफूले सम्मान गर्ने भन्दै संसदलाई आफूले निर्देशन दिन नसक्ने प्रतिक्रिया दिए । उनले लोकतन्त्रमा कानून, राष्ट्रिय आवश्यकता, संविधान, तर्क र तथ्य भन्दा पनि एक व्यक्ति अनसन बस्ने र त्यही व्यक्तिको पछि सबै जना लाग्नुपर्ने परिस्थिती सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले आफू सार्वभौम संसदले पारित गरेको विषयमा केही गर्न नसक्ने जवाफ पनि दिएका छन् । 

उनले सम्झौता सम्झौता मात्रै भएको भन्दै त्यो सत्य निरुपण नरहेको बताए । डा. केसीसँगको यो १६ अनसनसम्ममा १५ वटा सम्झौता भएको भन्दै आफ्ना पालामा मात्रै सो सम्झौता नभएको स्पष्ट पारेका छन् । सम्झौता तत्कालीन परिस्थितीको उपज हो र त्यतिबेलाको आवश्यकताले निर्धारण गर्ने भन्दै सरकारले गरेका सम्झौतामा सरकार प्रतिवद्ध रहेको प्रतिक्रिया दिए । 

उनले संसद्मा प्रधानमन्त्रीको बहुमत हुने भएपनि बहुमत छ भनेकै आधारमा संसदीय सर्वाेच्चतालाई नाघ्न भने आफूले नसक्ने प्रधानमन्त्रीको जवाफ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ