arrow

गिरिजा र सुशील कोइरालालाई सरकारले अपमान गरेको भन्दै काँग्रेसको आपत्ति

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
bal_krishna_khad.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई सरकारले अपमान गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको प्रत्यक्ष उत्तर दिने कार्यक्रम सकिएपछि विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका सचेतक बालकृष्ण खाँणले यस्तो आपत्ति जनाएका हुन् । 

केही दिन अघि मात्रै विभिन्न ११ अस्पताल र उपचार केन्द्रहरुलाई स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएकोमा ९ वटा अस्पताल र उपचार केन्द्रहरुलाई अस्पतालले स्वीकृत गरेको छ । तथापि दुईवटा उपचार केन्द्रहरुलाई मन्त्रिपरिषद्ले स्वीकृति नगरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको खाँणाले बताए । 

जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र तनहूँ, सुशील कोइराला क्यान्सर अस्पताल बाँके नेपालगञ्जलाई मन्त्रिपरिषद्ले अहिलेसम्म पनि स्वीकृत नगरेको प्रति उनले आपत्ति जनाएका छन् । उनले यसलाई अविलम्ब स्वीकृत गर्नको लागि पनि आग्रह गरेका छन् । 

जीपी कोइराला केन्द्रमा अहिले विभिन्न चरणमा विरामीहरुको पनि उपचार भईरहेको, जमिनको व्यवस्था भईसकेको भन्दै श्वासप्रस्वास सम्बन्धी एक वर्षमा २० लाख श्वासप्रश्वास सम्बन्धी विरामीहरुको उपचार गराउनु पर्ने अवस्था रहेको उनले स्पष्ट पारेका छन् । अहिले धुवाँ धुलोको कारण यो संख्या बढ्दो मात्रामा रहेको प्रतिक्रिया दिएका छन् । 

उनले अहिले सरकारले यी संस्थाहरुलाई सरकारले विघटनमा लैजान लागेको आरोप लगाउँदै विघटन नभई यसलाई सञ्चालनमा ल्याउन पनि खाँणले सरकारसँग आग्रह गरेका छन् । उनले यसरी दुई पूर्वप्रधानमन्त्रीहरुको नाममा खुलेका स्वास्थ्य संस्था विघटन गराउन खोजेर उनीहरुको सरकारले अपमान गरेको आरोप समेत काँग्रेसले लगाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ