arrow

डा.केसीको समर्थनमा पाँचथरमा र्‍याली

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ माघ ४ शुक्रबार
kc-samarthan.jpg

पाँचथर । १६ औँ पटक सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीले उठाएको माग सरकारले पूरा गर्न दवाव दिँदै शुक्रबार पाँचथरको फिदिममा र्‍याली निकालिएको छ ।

डाक्टर केसीको समर्थनमा पाँचथरका यूवाहरुको महाअभियान अन्र्तगत फिदिमको जिल्ला अस्पताल पाँचथरको गेटबाट निकालिएको उक्त र्‍याली बजार परिक्रमा गरी गणतन्त्र चोकमा कोणसभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दे वक्ताहरुले के.सीले उठाएका मागहरुलाई सरकारले पूरा गर्न दवाव दिएका थिए ।

सभालाई नागरिक समाजको तर्फबाट प्रेम ओझा, सुरेश शाह, लोकन्द्र आले मगर, शुभराज थापा, विकाश थापा लगायतले सम्वोधन गरेका थिए ।

गत  साउन १० गते सरकारसँग भएको सम्झौता बमोजिक अक्षरश संशोधन गरेर अविलम्व चिकित्शा शिक्षा विधेयक संसदबाट पारित गरिनुपर्ने,सातै प्रदेशमा मेडिकल कलेज खोल्ने क्रम दु्रत गतिमा अघि वढाउनुपर्ने, पूर्वी पहाडि जिल्ला पाँचथर, ताप्लेजुङ, इलाम लगायतका जिल्लामा अविलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने लगायतका ७ बुँदे माग राख्दै डा.केसी १६ औँ पटक सत्याग्रहमा बसेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ