arrow

चुनाव हारे पनि वाचा पूरा गर्दै रामहरि खतिवडा 

चुनावका बेलामा मात्र कांग्रेस–कम्युनिष्ट विकासका बेलामा बराबरी 

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
ramhari-khatiwada2.jpg

ओखलढुंगा । प्रतिनिधि सभाको निर्वाचनमा पराजित नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले आफूले गरेका बाचा पूरा गर्दै गएका छन् ।

चुनावी प्रचार प्रसारको बेला बलखुमा भएको आमसभालाई सम्बोधन गर्दै उनले ‘यस क्षेत्रका जनताहरुको लागि अतिनै आवश्यक र एतिहासिक यो गोठचौरघाट र जेरुङघाटमा चुनावी परिणाम जे भए पनि यहाँ मैले झोलुङे पुल निर्माण गरेरै छाड्छु’ भनेर घोषणा गरेका थिए । 

त्यो घोषणा उनले पूरा गरेका छन् । त्यही अनुरुप गोठचौरघाट बलखु ओखलढुङ्गा र खाङ्साङ् सिन्धुली झोलुङे पुल (३२१ मिटर लामो) र जेरुङ्घाट बलखु ओखलढुङ्गा र तिन्खन्डे सिन्धुली (१८२ मिटर लामो) झोलुङे पुल शिलान्यास भएको छ । 

पुल शिलान्यास गर्दै उनले भने, ‘चुनावको दिन कांग्रेस र कम्युनिष्ट हौं अरुबेला विकास निर्माणमा एक जुट भएर लागौं किनकि यो बन्दै गरेको पुलमा कम्युनिष्ट कांग्रेस सबै हिँड्नु पर्छ एक दुई जना ब्यक्तिको लागि होइन ।’ उनले बढीभन्दा बढी जनताले सुविधा पाउनु पर्छ भने । 

सो कार्यक्रममा युवा नेता डा राजेश राईले यो झोलुङे पुलले यहाँको मानिसहरुको जीवन स्तरलाई उकास्न ठूलो मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

जेरुङघाट एतिहासिक ठाउँको लागि पहल गरेर पुल निर्माण गरेकामा उनले पूर्व सांसद खतिवडाप्रति आभारसमेत कार्यक्रममा व्यक्त गरियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ