arrow

पारसको लडेर मृत्यु

logo
प्रकाश चन्द्र भट्ट
प्रकाशित २०७५ माघ ६ आइतबार
child-died.jpg

दार्चुला । खेल्ने क्रममा लडेर दार्चुलामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ धापका बिशन भट्टका ८ वर्षिय छोरा पारस भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला सदरमुकाम खलंगामा रहेको छन्ना तिंकरी कन्या माविमा खेल्ने क्रममा लडेर गम्भिर घाइते भएका बालकलाई उपचारका लागी जिल्ला अस्पताल दार्चुला पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ