arrow

विराट मेडिकल कलेजमा चमत्कारीक शल्यक्रिया

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
report.png

मोरङ । विराटनगरमा अवस्थित विराट मेडिकल कलेजले एक युवकको चमत्कारीक शल्यक्रिया गरेको छ । टाउको भित्र गाडिएको ४ सेन्टिमीटर लामो फलामको टुक्रालाई शल्यक्रिया मार्फत सफलता पुर्वक निकालिएको हो ।

बिराट नर्सिङ होममा कार्यरत बरिष्ठ न्यूरो सजर्न डा. आलोक देवको टोलिले भारतको छत्तपुर सुपौलका २५ बर्षिय एमडी साजिदको सफल शल्यक्रिया गरेका हुन । डा. देवले यस्तो शल्यक्रिया कमै मात्रामा सफल हुने बताए ।

भारतमा बढी खर्च लाग्ने र सफल शल्यक्रिया हुनेमा आंशङ्का लागेपछि विराट मेडिकल कलेजमा आएको एमडीले बताए । उनको सफल शल्यक्रियालाई चिकित्सकहरुले चमत्कारीक भएको प्रतिकृया दिएका छन् । करिब ५ घण्टा लगाएर चिकित्सकले शल्यक्रिया गरेका थिए ।

पुष २२ गते थ्रेसर लगाउने क्रममा फलामको टुक्रा उछिटिएर एमडीको टाउकोमा गाडिएको थियो । टुक्राटुक्रा भएको फलाम उनको दिमागमा पुगेको अबस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो । सफल शल्यक्रिया पछि एमडी डिस्चार्ज भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ