arrow

कुटपिट गर्ने मन्त्रीलाई कारबाही गर्न कांग्रेस प्रमुख सचेतक खाणको माग

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ६ आइतबार
khad1.JPG

जनकपुरधाम ।  नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश नम्बर दुईमा सचिवमाथि गरेको कुटपिट मन्त्रीलाई कारबाही गर्न माग गरेको छ।

‘कर्मचारीले खराब काम गरे कानुनअनुसार कारबाही गर्ने व्यवस्था छ,’ काठमाण्डौंस्थित नेपलिज फेसन होमले शनिबार धनुषाको लक्ष्मिनिया गाउँपालिकाको गजरियामा आयोजना गरेको कम्बल वितरण कार्यक्रममा बोल्दै खाणले भने, ‘सचिवलाई मन्त्रीले कुटपिट  गर्ने  कार्यले लोकतन्त्रको उपहास गरेको हो । यस्तो मन्त्रीलाई कारबाही  हुन्नु परियो ।
 
‘प्रदेश नम्बर दुई को सरकारले हुकुमी शासन लाद्न खोजे जस्तो छ,’ पूर्व रक्षामन्त्रीसमेत रहेका खाणले भने, ‘जनताको शासनमा कर्मचारीमात्र होइन, कसैले कसैलाई  कुटने  अधिकार पाएको छैन्। कुटपिट गर्ने  मन्त्रीले सचिवको मानवअधिकार हनन् गरेका छन्।’

राणातन्त्र, राजतन्त्रजस्ता तानाशाही शासनको अन्त्य भइसकेको स्मरण गराउँदै यस्तै व्यवहार रहे जनताले बाहिर फ्यालिदिने खाणको चेतावनी थियो।

केपी ओली नेतृत्वको सरकारले जनताको मौलिक अधिकार संरक्षण गर्न नसकेको खणले आरोप लगाएका हुन् । ‘प्रधानमन्त्रीज्यू उखान टुक्कामा व्यस्त हुनुहुन्छ,जनताका लागि सरकारले कुनै कार्यक्रम ल्याउन सकेको छैन,’ खाणले भने, ‘प्रधानमन्त्रीज्यू उखान टुक्काले जनताको समस्या सामाधान हुँदैन । जनतका लागि कार्यक्रम ल्यानुस्।’

‘नेपलिज फेसन होम’ की अध्यक्ष हेमा मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्ब खानेपानी तथा सरसफाइ मन्त्री  महेन्द्र यादव, जिल्ला उसभापति सन्तोष यादव, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलगायतका नेताहरुको उपस्थिति रहेको थियो। उक्त अवसरमा लक्ष्मिनिया गजरियाका करिब तीनसय विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ