arrow

गच्छदारले भने 'सरकारले नेपाली काँग्रेसको इतिहासमाथि प्रहार गर्‍यो'

'सरकारको हिम्मत छ भने विपी मार्ग हटाएर केपी मार्ग राखोस्'

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
bijaya-congress-nc-1.jpg

काठमाडौं। नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले सरकारले नेपाली काँग्रसको इतिहासमाथि प्रहार गरेको आरोप लगाएका छन्। सोमबार संसदमा विरोधको कारणबारे बोल्दै गच्छदारले इतिहासमा पटक पटक निर्णय भईसकेको विषयलाई अहिले काँग्रेसका नेताहरु भएको आधारमा मात्रै सरकारले दुई स्वास्थ्य संस्थालाई स्वीकृति नदिएर सरकारले काँग्रेसको इतिहासमाथि प्रहार गरेको आरोप लगाएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रतिनिधि सभाका काँग्रेस सांसद्हरुले उठेर विरोध गरेका थिए। पछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका एक प्रतिनिधिलाई बोल्ने समय दिएपछि काँग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थालाई स्वीकृति नदिएकोमा विरोध जनाएका हुन्। 

उनले सरकारको हिम्मत छ भने विपी कोइरालाको स्मरणमा नाम राखिएको विपी राजमार्गलाई केपी राजमार्गको नामाकरण गर्न पनि चुनौती दिएका छन् । उनले विपी कोइरालाको प्रधानमन्त्री कालमा राजधानमीमा बैकल्पिक नाका नखोल्ने हो भने कुनै ठूलो प्राकृतिक प्रकोप आयो भने राजधानीमा हाहाकार हुन्छ भनेर २०१६ सालमा निर्णय गरेको बनेपा वर्दिबास सडकखण्ड पञ्चायती शासन कालमा बाटो बाटोमा विपी कोइराला जन्मिन्छन् भनेर एक मिटर पनि निर्माण कार्य नभएको स्मरण गर्दै गच्छदारले भने सरकारको हिम्मत छ भने विपी राजमार्गलाई केपी राजमार्गको नामाकरण गर्न समेत चुनौती दिएका छन्। 

संसदमा बोल्दै नेता गच्छदारले ११ वटा प्रस्ताव मध्ये १० नम्बर र ११ नम्बरको प्रस्ताव पारित नभएकोजनाएकोमा आपत्ति जनाएका हुन्। १० औं नम्बरको प्रस्तावमा जीपी कोइराला र ११ औं नम्बरमा सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाको बारेमा कुनैपनि निर्णय नभएकोमा काँग्रेसको घोर आपत्ति रहेको बताएका छन्। 

उनले २०४० सालदेखि नै गठन आदेशमार्फत् पटक पटक यस्ता स्वास्थ्य संस्थाहरुलाई स्वीकृति दिएको स्मरण समेत गराएका छन्। उनले २०४९ सालदेखि पनि ९ वटा प्रस्तावमाथि निर्णय भएको उल्लेख गरेका छन्। ती प्रस्तावहरुमध्ये २ वटा प्रस्ताव बाहेक अरु सबै प्रस्ताव स्वीकृति भएको समेत स्मरण गराएका छन्। उनले देशका धेरै शहीदहरुको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई स्वीकृति दिएको भन्दै उनले पछिल्लो समय २०६८ सालमा पनि यस्तो प्रस्ताव स्वीकृत गरेको स्मरण समेत गराएका छन्।

अर्को प्रसंगमा नेता गच्छदारले चिकिस्ता क्षेत्रको सुधारको माग गर्दै १३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग समेत गरेका छन् । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पालामा आएको अध्यादेशको हुबहु हुनेगरी विधेयक पारित गर्न पनि काँग्रेसले सरकारसँग माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ