arrow

अनुसन्धानका लागि चिताबाट निकालियो शव

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
chita.jpg

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित एक गाउँमा ५० वर्षीया महिलाको शव बल्दै गरेको चिताबाट निकालिएको छ । प्रहरीले शवको जाँचका लागि चिताबाट निकालेको हो । साथै प्रहरीले उनका पति र अन्य चारजना मानिसहरुमाथि हत्याबारे झुट बोलेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

प्रहरीका अनुसार गोधना गाउँमा गत बुधबार यस्तो मामिला सामुन्ने आएको हो । प्रहरीका अनुसार ग्रामीण क्षेत्रबाट आएको उजुरीको आधारमा मसनघाटमा पुगेर चिताबाट शव निकालिएको हो ।

महिलाका भाइले प्रहरीमा हत्याबारे उजुरी दिएका थिए । जसमा उनले हत्या गरेको प्रमाण मेटाउनका लागि गुपचुप तरिकाबाट अन्तिम संस्कारको प्रयास भइरहेको उल्लेख गरिएको थियो । उजुरीमा महिलाका घरकाले उनलाई यातना दिएकाा थिए र घरेलु विवादको कारण उनको हत्या गरेका थिए ।

प्रहरी चौकीका अधिकारीका अनुसार शवलाई पोस्टमार्टमको लागि पठाइएको छ । यो मामिलामा महिलाका पति विजयपालसमेत ५ जनाविरुद्ध मुद्दा दायर भएको छ । सबै आरोपीहरु फरार छन् । उनीहरुलाई पक्राउ गर्ने प्रयास भइरहेको जानकारी प्रहरीले दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ