arrow

संसदमा मुठभेडको संकेत, चिकित्सा विधेयक जवरजस्ती पारित गर्ने तयारी

सत्याग्रहीमाथि सरकार पूर्वाग्रही 

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
sanghiya-samsad.png

काठमाडौं ।  १४ दिनदेखि आमरण अनसनरत सत्याग्रही डा गोविन्द केसी फेरि गम्भीर बिरामी परेका छन् । उनको शरीरमा विभिन्न समस्या देखिएपछि चिकित्सकहरुले कुनै पनि समय हस्तक्षेप गर्नुपर्ने हुन सक्ने जनाएका छन् । 

डा केसी भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स वार्डबाट गणेशमान भवनमा सरेका छन् । डा केसीको आग्रहअनुसार पहिले अनशन बस्ने गरेको गणेशमान भवनमै उनलाई सारिएको हो । 

बिरामीलाई आफ्नो अनसनले कुनै डिस्टर्भ नहोस् भनी ठाउँ सरेको उनले बताएका छन् । यसअघि आइसीयुमा उपचार हुँदा पनि सर्वसाधारणले उपचार नपाउने भन्दै वार्डमा सरेका थिए । 

केसीको मांशपेसी दुख्ने समस्या बढेको छ । उनको श्वास–प्रश्वासमा समस्या देखिएकाले अक्सिजन दिइएको छ।

सत्याग्रहीमाथि सरकार पूर्वाग्रही 
सत्याग्रही डा केसीमाथि सरकार पूर्वाग्रही देखिएको छ । आमरण अनसनको १४ दिनसम्म पनि सरकारले डा केसीसंग अनौपचारिक वार्ताको समेत पहल गरेको छैन । 

डा केसीका सबै माग पूरा भइसकेको भन्दै सरकार रुष्ट देखिएको छ । उसले गोविन्द केसीलाई जेसुकै होस् मतलब छैन भनेजसरी व्यवहार गरेको छ । 

मन्त्रीहरुदेखि लिएर सत्ताधारी दलका नेताहरुले गोविन्द केसी जवरजस्ती अनसन बसेको र यसमा सरकारले थप केही पनि गर्न नसक्ने बताउँदै आएका छन् । 

तर उनी पुस १७ गते इलाममा अनसन बस्न गएका बेलामा नेकपाकै सांसद जयपुरी घर्तीले संसदीय समितिमार्फत चिकित्सा विधेयकमा गम्भीर छलफल भएकाले माग पूरा गर्ने भन्दै एक हप्ताको समय मागेकी थिइन् । 

सो समयमसम्म माग पूरा नगरी नेकपाले चाहेजस्तो जस्ताको तस्तै विधेयक संसदमा प्रस्तुत गरिएपछि डा केसी पुस २५ गतेदेखि इलाममा अनसन बसेका थिए । 

आइसीयुमा राखेरै उपचार गर्नुपर्ने भएपछि उनलाई गत शुक्रबार बिहान शिक्षण अस्पताल ल्याइएको थियो । 

डा केसीले पन्ध्रौं सत्याग्रहका बेला गत साउनमा सरकारले गरेको सम्झौताको अक्षरस पालना गरेपछि मात्र अनसन तोड्ने बताएका छन् । 

संसदमा मुठभेडको संकेत
संसदमा मंगलबार मुठभेड हुने खतरा रहेको विष्लेषण गरिएको छ । सत्ताधारी सांसदहरु मंगलबार जवरजस्ती चिकित्सा शिक्षा विधेयक २०७५ जसरी पनि पारित गर्ने योजनामा जुटेपछि मुठभेड हुनसक्ने संभावना रहेको हो । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्ताधारीहरु राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारीमा रहेका छन् । सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । 

मंगलबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरोध गरे पनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख कृष्णबहादुर महरा रहेको बुझिएको छ । 

मंगलबारको बैठकका लागि सत्ताधारी र प्रमुख प्रतिपक्षी दलले आफ्ना सांसदहरुलाई अनिवार्य संसदमा उपस्थितिका लागि ह्विप जारी गरेका छन् । यसरी जवरजस्ती गर्न खोजिँदा मुठभेड बढ्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाइने संसद सचिवालयले जनाएको छ । 

काँग्रेस सांसदहरुले यसरी जबरजस्ती विधेयक पारित गर्न खोजेर मुठभेड निम्त्याउन खोजे संसद्को सीमाभित्र रहेर प्रतिरोध गर्ने जनाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विधेयक पारित गर्नु भन्ने आदेश दिएर स्वीट्जरल्याण्ड गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ