arrow

विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार

काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । आफ्ना मागहरुमा सरकार जिम्मेवार नबबेको भन्दै काँग्रेसले रोष्ट्रम अगाडि गएर विरोध गरेको हो । 

सो लगत्तै सभामुख कृष्णबहादुर महराले संसद बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् । जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई खारेज गर्ने तयारीमा सरकार रहेको आरोप लगाउँदै काँग्रेसले संसद अवरुद्ध गरेको हो । काँग्रेसले केन्द्र सरकार मातहत राखेर गठन आदेश समेत स्वीकृत नगरेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।  

मंगलबारको बैठकमा आफूहरुको माग पूरा नभएसम्म संसद् चल्न नदिने घोषणा गरेर काँग्रेस सांसदहरु रोष्ट्रमा गएर विरोध गरेका हुन् । 

सभाको सुरुमा नै बोल्दै काँग्रेस सांसद प्रकाशमान सिंहले सरकारले काँग्रेस नेताको नाम जोडिएको आधारमा नै ती दुई स्वास्थ्य संस्थाहरुलाई स्वीकृति नदिएको आरोप लगाएका थिए । उनले राजनीतिक परिवर्तनका दुई हस्तिहरुको सरकारले नियोजित रुपमा अपमान गरेकोले आफूले संसद अवरुद्ध गर्नु परेको प्रतिक्रिया समेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ