arrow

काँग्रेसले भन्यो, 'सरकारमाथि विश्वसनीयताको संकट चुलिन थाल्यो'

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
congress-flag.jpg

काठमाडौं । प्रतिनिधि सभा बैंठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी काँग्रेसले सरकारमाथि विश्वसनीयताको संकट सुरु भएको बताएको छ । संसद सुरु भए लगत्तै विरोधमा उत्रिएको काँग्रेसका एक प्रतिनिधिलाई बोल्द सभामुख कृष्णबहादुर महराले दिएको समयमा बोल्दै काँग्रेस सांसद प्रकाशमान सिंहले सरकारका पछिल्ला केही घटनाक्रमहरुलाई हेर्दा सरकारमाथि विश्वास गर्नसक्ने वातावरण नै गुम्न थालेको बताएका छन् । 

सांसद सिंहले सरकारले काँग्रेस नेताको नाम जोडिएको आधारमा नै ती दुई स्वास्थ्य संस्थाहरुलाई स्वीकृति नदिएको आरोप लगाएका थिए । उनले राजनीतिक परिवर्तनका दुई हस्तिहरुको सरकारले नियोजित रुपमा अपमान गरेकोले आफूले संसद अवरुद्ध गर्नु परेको प्रतिक्रिया समेत दिएका छन् । 

उनले अनसनरत डा. गोविन्द केसीलाई प्रधानमन्त्री आफैंले दिएको अभिव्यक्ति पूरा नगरी अहिले आफ्नै भनाईको विपरित जाँदा सरकारलाई विश्वास गर्ने आधार गुम्दै गएको बताएका हुन् । सरकारले सम्झौता गरिसकेपछि सरकारलाई त्यो समझदारी पूरा गर्न के अफ्टेरो पर्यो ? भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सभामुख मार्फत् प्रश्न गरेका छन् । उनले आफैं सम्झौता गर्ने र अहिले त्यही सम्झौतालाई लत्याउँदै जाने हो भने सरकारको र नेताको विश्वसनीयता सबै गुम्ने अवस्था आएको प्रकाशमानको बुझाई थियो । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । आफ्ना मागहरुमा सरकार जिम्मेवार नबेको भन्दै काँग्रेसले रोष्ट्रम अगाडि गएर विरोध गरेको छ । 

काँग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई खारेज गर्ने तयारीमा सरकार रहेको आरोप लगाउँदै काँग्रेसले संसद अवरुद्ध गरेको हो । साथमा काँग्रेस सांसदहरुले गोविन्द केसीको माग पूरा गर्नपनि माग गरेका छन् । काँग्रेसले केन्द्र सरकार मातहत राखेर गठन आदेश समेत स्वीकृत नगरेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ