arrow

प्रधानमन्त्री नफर्किएसम्मकालागि संसद स्थगन गर्न बाबुराम भट्टराईको सुझाव 

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश नफर्किएसम्म संसद् स्थगन गर्न सभामुखलाई सुझाव दिएका छन् । मंगलबार दिउँसो ३ बजे पछि मात्रै दुई पटक बसेको बैठकमा काँग्रेस सांसदहरुको विरोधका कारण संसद् स्थगन भएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो सुझाव दिएका हुन् । 

भट्टराईले सुझाव दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री फिर्ता नभएसम्मको लागि स्थगन गर्न सुझाव दिएको जानकारी दिए । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराले पेलेर जाने नीति लिएपछि बैठक हलको ढोकाबाट सांसदहरुलाई छिर्नै नदिने रणनीति लिएको छ । तर, यही विषयमा कुरा नमिलेपछि १५ मिनेटको लागि स्थगित भएको संसद बैठक झण्डै ४५ मिनेटसम्म पनि सुरु हुन सकेको छैन ।

मंगलबार दोस्रो पटक बोलाईएको बैठकमा महराले काँग्रेसको विरोधका बाबजुत पनि चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्नको लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समय दिएपछि काँग्रेस सांसद्हरुले पोखरेललाई राष्ट्रममा जानै अवरोध गरेका थिए । नेपाली काँग्रेसका सांसद गगन थापाले सभामुखले पेलेर जाने नीति लिएकोले काँग्रेसले पनि सांसद्हरुलाई बैठक कक्षमा छिर्नै नदिने रणनीति लिएको जानकारी दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ