arrow

३ मिनेटमै १ लाखभन्दा बढी बिक्यो यो स्मार्टफोन 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ ८ मंगलबार
xiaomi-redmi-note-7.png

काठमाडौं । चीनमा यो महिना सार्वजनिक भएको रेडमी नोट ७ ले व्यापारमा सफलता हासिल गरेको छ । कम्पनीले ३ मिनेटमा केवल ३ मिनेटमा १ लाखभन्दा बढी स्मार्टफोनहरु बिक्री गरेको छ । 

कम्पनीले आफ्नो पहिलो फ्ल्यास व्यापारमा भने ८ मिनेट ३६ सेकेण्डमा सबै बाँकी रेडमी नोट ७ का उत्पादनहरु सकिएको हो । यसैगरी कम्पनीले ल्याएको दोस्रो फ्ल्यास व्यापारमा पनि यस्तै नतिजा देखिएको छ । दोस्रो व्यापार शुरु हुनुभन्दा पहिला ४ लाखभन्दा बढी मानिसहरुले यो उत्पादन खरिदको नाम दर्ता गराएका थिए । 

तेस्रो व्यापारमा कम्पनीले २ मिनेट ५० सेकेण्डमा १ लाखभन्दा बढी उत्पादनहरु बिक्री भएको दाबी गरेको हो । कम्पनीको आगामी व्यापार २५ जनवरीमा हुनेछ । 

चिनियाँ स्मार्टफोन निर्माता साओमीले केही समयअघि मात्र आफ्नो रेडमी छुट्टै ब्राण्डको घोषणा गरेको थियो । नयाँ कम्पनी भएसँगै रेडमीले आफ्नो पहिलो स्मार्टफोन रेडमी नोट ७ सार्वजनिक गरेको हो । यो स्मार्टफोनमा ४८ मेगापिक्सलको क्यामेरा प्रयोग गरिएको छ । 

रेडमी नोट ७ मा कम्पनीले ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज तथा ६ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजको दुई वारियन्ट बजारमा ल्याएको हो । कम्पनीको ३ जीबी वारियन्टको मूल्य ९९९ युआन अर्थात् करीब १५० डलर तोकिएको छ । जबकी ६ जीबी र्‍यामको वारियन्टको मूल्य १३९९ युआन अर्थात् २ सय डलर राखिएको छ । अहिले यो स्मार्टफोन केवल चीनमा मात्र उपलब्ध छ तर केही समयमा नै भारतलगायत विश्वका अन्य बजारमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ