arrow

सबै उडान ग्राउण्डेड, भिलेन ड्रोन

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
newark-airport.jpg

काठमाडौं । ड्रोन कति खतरनाक हुँदै गएको छ भन्ने प्रमाण अमेरिकामा भएको घटनाले छर्लङ्ग पारिदिएको छ । अमेरिकाको न्यू जर्सीमा रहेको निवार्क अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनका कारण सबै उडान ग्राउण्डेड भएका छन् ।

विमानस्थल नजिकै दुईवटा ड्रोन उडेका कारण विमानस्थलका उडान ग्राउण्डेड भएका हुन् । उडानका लागि तयार रहेका बेलामा ड्रोन आफूहरुको निकै नजिक रहेको पाइलटले कन्ट्रोललाई जानकारी दिएपछि सम्भावत खतराबाट जोगिनका लागि विमानस्थलका अधिकारीले सबै उडान ग्राउण्डेड गरेका हुन् । 

एक पाइलटले त आफ्नो विमानको ९ मिटर अगाडि नै ड्रोन देखिएको बताएका थिए । ड्रोनले दिएको दुःखबारे अमेरिकाको संघीय उड्डयन अथोरिटी एफएएले विज्ञप्ति जारी गरेर  ‘मंगलबार साँझ ५ बजे नेवार्क विमानस्थल आउँदै गरेका दुई विमानले ३५ सय फिटमाथि ड्रोन देखेका थिए । ती ड्रोन टेटेर्बोरोको आकाशमा थिए ’ भनेको छ । 

केहीबेर अवरोध भएको विमानस्थलमा अरु ड्रोन नदेखिएकाले अवतरण जारी भए पनि उडान भने ग्राउण्डेड गरिएको एफएएले जनाएको छ ।

यो विमानस्थल अमेरिकाका व्यस्त विमानस्थलको सूचिमा ११ औँ स्थानमा पर्छ । त्यहाँबाट हरेक वर्ष दुई करोड यात्रुले उडान तथा अवतरण सेवा लिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ