arrow

हिमपातमा परी दुई जनाको मृत्यु, चार फिटसम्म जम्यो हिउँ

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
himpat2.jpg

काठमाडौं । विवादित क्षेत्र जम्मूकश्मीरसहित भारतको हिमाञ्चल, उत्तराखण्ड तथा उत्तर भारतका अधिकांश क्षेत्रमा भएको हिमपातमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । 

शिमला में मंगलवार को आधा फीट बर्फबारी हुई।

कश्मीरको रामबन जिल्लाको एक पहाडी गाउँमा हिमपहिरोमा परी १२ वर्षकी एक बालिकासहित दुई जनाको मृत्यु भएको हो । 

शिमला।

जम्मू श्रीनगर राजमार्ग दुई दिनदेखि ठप्प छ । हिमांचल प्रदेशमा ३७७ सडकहरु बन्द भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

बर्फबारी के बाद शिमला।

सिमलाका मात्रै २०४ वटा सडक बन्द भएका छन् । सिमलामा दुई बस बाटोमै फसेका छन् । स्कुले ७० बालबालिका र स्टाफसहित ८७ जनालाई उद्दार गरिएको छ । 

जम्मू-कश्मीर में बर्फबारी के कारण जम्मू-श्रीनगर को जोड़ने वाले हाईवे की जवाहर टनल के दोनों रास्ते बंद हो गए है। वहां दो फीट तक बर्फ गिरी।

राजस्थान, हरियाणा, पंजाब, मध्यप्रदेश, बिहार र दिल्लीमा भारी वर्षा भएको छ भने केही क्षेत्रमा असिना पनि परेको छ । 

बर्फबारी का पर्यटकों ने आनंद लिया।

शुक्रबारसम्म भारी वर्षा हुने भारतीय मौसम विभागले पूर्वानुमान गरेको छ । मौसम विभागका मनमोहन सिंहका अनुसार शनिबार मात्र मौसममा सुधार आउने छ । 

शिमला।

विभिन्न ठाउँमा चार फिटसम्म हिउँ जमेको छ । जम्मू कश्मीरमा भूस्खलन पनि भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ