arrow

चुनावका लागि भाजपाद्वारा सबै हेलिकोप्टर बुक, काँग्रेसलाई तनाव !

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
helicoptor2.jpg

काठमाडौं । भारतमा भारतीय जनता पार्टीले लोकसभा चुनाव २०१९ को लागि सबै हेलिकोप्टर र चार्टर्ड प्लेन बुक गरेको आरोप काँग्रेसले लगाएको छ । लोकसभा चुनाव २०१९ को लागि भाजपाको नयाँ रणनीति अनुसार सबै हेलिकोप्टर र चार्टर प्लेन भाजपाले बुकिङ गरेर काँग्रेसलाई तनाव दिएको आरोप काँग्रेस नेता आनन्द शर्माले जानकारी दिए । 

नवभारत टाईम्सका अनुसार शर्माले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका छन् । तर जस्तो रणनीति लिएको भएपनि काँग्रेसले आखिरीमा चुनाव जितेरै छाड्ने समेत बताईएको छ । शर्माले भने ‘लोकसभा चुनावमा भाजपाको नयाँ रणनीति अनुसार सबै हेलिकोप्टर र चार्डर प्लेन बुक भईसकेको छ । काँग्रेसको लागि एउटा पनि हेलिकोप्टर बाँकी छैन । यसको लागि काँग्रेसले संघर्ष गरिरहेको छ ।’

शर्माका अनुसार लोकसभा चुनावको लागि भाजपाले यो साल ४००० करोडको बजेट छुट्टाएको छ । यसको खर्चको सुरुवात १५ जनवरीदेखि सुरु भएको छ । उनले कहिलेदेखि कहिलेसम्म भाजपाले हेलिकोप्टर बुकिङ गर्‍यो ? भन्नेबारेमा भने केही पनि बताएनन् । 

उडानबाट प्रचार गर्नेमा भाजपा अघि 
भाजपाले कर्नाटक तथा यूपी विधानसभा चुनावमा सबैभन्दा बढी हेलिकोप्टरको प्रयोग गरेको थियो । कर्नाटकमा निर्वाचन आयोगले विमानबाट प्रचार गर्नको लागि ५३ आवेदनलाई स्वीकृति दिएकोमा ३६ वटा आवेदन त भाजपाको मात्रै थियो । बाँकीमा २ काँग्रेस, ९ आवेदन जेडीएस तथा पाँच आवेदन अन्यले दिएका थिए । यूपीमा भाजपाले १२ तथा समाजवादी पार्टीले ६ हेलीकोप्टर लिएका थिए । 

समाचार रिपोर्टका अनुसार अहिलेसम्म भाजपाले २००भन्दा बढी चार्टर प्लेनहरु बुकिङ गराएको छ भारतमा अहिले २५० हेलिकप्प्टर चुनाव प्रचारको लागि लायक रहेको छ । भारतमा प्रतिघण्टा २ लाख देखि ३ लाखसम्म हेलिकप्टरको भाडा तिर्नु पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ