काठमाडौं । मौसम वदलीसंगै काठमाडौंमा हावा हुरु चलेको छ । आइतबार साँझ हावा हुरी चलेपछी उपत्यकाको जनजीवन अस्तव्यस्त भएको छ । हावा हुरीले काम काजीहरुलाई बढी समस्यामा पारेको छ । तीब्र गतिको हुरीका कारण विद्युत आपुर्ति बन्द हुनुका साथै केही स्थानमा रुखहरु भाँचिएका छन् । केही पैदल यात्रु घाइते भएका छन् ।