arrow

प्रतिपक्षीले के गर्छ सदन र सडकमा आज ?

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
Parliament_building.png

काठमाडौं । संसद्को हिउँदे अधिवेशनदेखि नै आक्रामक बनेको नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयकमा सत्तापक्षले एकलौटी निर्णण गरेको भन्दै सदन अवरुद्ध गरिरहेको छ । सोही अवसरमा काँग्रेसले शुक्रबारको संसद पनि अवरुद्द गर्ने निर्णय गरेको छ भने सत्ता पक्षले जसरी पनि चिकित्सा शिक्षा विधेयक पारित गराएरै छाड्ने अडान लिएको छ । काँग्रेसले भने स‌ंसदलाई सौहार्दपूर्ण रुपमा अघि बढाउन भरपुर प्रयास गर्ने र सत्तापक्षले जवर्जस्ती गर्न लागे काँग्रेस पनि चुप लागेर नबस्ने काँग्रेस सांसदहरुले चेतावनी दिएका छन् । 

यही परिस्थितीमा सभामुखले स्वतन्त्र भूमिका निर्वाह नगर्ने हो भने शुक्रबारको संसद बैठकमा मुठभेड हुनसक्ने चेतावनी समेत काँग्रेस नेता गगन थापाले बिहीबार पत्रकार सम्मेलनमा नै दिईसकेका छन् । मंगलबारको तेस्रो पठक बोलाईएको बैठकमा सभामुख कृष्णबहादुर महराले जवर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपछि काँग्रेस सांसदहरुले बैठक हलको ढोकाबाट सांसदहरुलाई छिर्नै नदिने रणनीति लिएको थियो। संसद स्थगन पछि नेता थापाले पत्रकारहरुसँगको कुराकानीको क्रममा सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पहिले नै रोष्ट्रममा पठाउन लागेकोले आफूहरुले भित्र छिर्नै नदिने रणनीति बनाएकोे बताएका थिए । 

मंगलबारको संसद्मा काँग्रेसको विरोधका बाबजुत पनि चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्नको लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समय दिएपछि काँग्रेस सांसद्हरुले पोखरेललाई राष्ट्रममा जानै अवरोध गरेका थिए । शिक्षामन्त्रीलाई राष्ट्रममा जानै नदिएपछि मंगलबार दोस्रो पटक बसेको प्रतिनिधि सभा बैठक फेरि स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गर्दै रोष्ट्रम घेरेर शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्ट्रममा जानै नदिएपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको हो। आफ्ना मागहरुमा सरकार जिम्मेवार नबनेको भन्दै काँग्रेसले रोष्ट्रम अगाडि गएर विरोध गरेको हो । 

काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले संसदमा सत्तापक्षको प्रस्तुती पछि मात्रै सडक आन्दोलनको विषय सार्वजनिक हुने प्रतिक्रिया दिए । उनले हाम्राकुरासँगको कुराकानीको क्रममा सदनमा सत्तापक्षले सौहार्दपूर्ण रुपमा चलाओस् भन्ने पक्षमा आफूहरु रहेको प्रवक्ता शर्माले जानकारी दिए । संसदमा माउ पार्टीले विरोध गरिरहेको बेलामा भातृ संस्था नेपाल विद्यार्थी संघ पनि संसदमा सत्ता पक्षले जवर्जस्ती गरेमा सडकमा आफूहरु तयारी अवस्थामा रहेको बताउँछ । संसदमा जवर्जस्ती भयो भने सदन तताउन आफूहरु तयार रहेको नेविसंघ नेता कुन्दनराज काफ्लेले जानकारी दिए । 

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई खारेज गर्ने तयारीमा सरकार रहेको आरोप लगाउँदै काँग्रेसले संसद अवरुद्ध गरेको हो । काँग्रेसले केन्द्र सरकार मातहत राखेर गठन आदेश समेत स्वीकृत नगरेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।  

मंगलबारको बैठकमा आफूहरुको माग पूरा नभएसम्म संसद् चल्न नदिने घोषणा गरेर काँग्रेस सांसदहरु रोष्ट्रमा गएर विरोध गरेका हुन् । सभाको सुरुमा नै बोल्दै काँग्रेस सांसद प्रकाशमान सिंहले सरकारले काँग्रेस नेताको नाम जोडिएको आधारमा नै ती दुई स्वास्थ्य संस्थाहरुलाई स्वीकृति नदिएको आरोप लगाएका थिए । उनले राजनीतिक परिवर्तनका दुई हस्तिहरुको सरकारले नियोजित रुपमा अपमान गरेकोले आफूले संसद अवरुद्ध गर्नु परेको प्रतिक्रिया समेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ