arrow

संसदको गतिरोधबारे सत्तापक्ष र प्रतिपक्षको बैठकमा सहमति जुटेन

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
parliament_of_nepal.png

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका पटकपटक  चल्न नसकेको संसदको गतिरोध अन्त्यको लागि सत्ता पक्ष र प्रतिपक्षको बैठकमा विना सहमति टुङ्गिएको छ ।

शुक्रबार संसद बैठक बस्नु अघि सत्ता पक्ष र प्रतिपक्षबीच संसद भवन नयाँ वानेश्वरमा बसेको बैठक विना निष्कर्ष टुङ्गिएको नेपाली काँग्रेसका नेता गगन थापाले जानकारी दिए ।  काँग्रेसले आफ्ना पूर्व सभापतिहरुको नाममा खुलेका अस्पतालहरु खारेज गराउन लागेको, अनसनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सहमती पूरा नगरेको लगायतका आरोप सहित संसद अवरुद्ध गराउँदै आएको छ । 

काँग्रेसले कुनैपनि हालतमा चिकित्सा शिक्षा विधेयक हुबहु पारित हुन नदिने अडान राख्दै आएको छ भने सत्तापक्ष प्रतिपक्षलाई पेलेरै भएपनि विधेयक हुबहु पारित गर्ने पक्षमा रहेको छ । आफ्ना मागहरु पूरा नभए संसदमा विरोध जारी राख्ने निर्णय गरेपछि सत्तापक्ष पनि गतिरोध अन्त्यको लागि प्रतिपक्षसँग वार्तामा बस्न तयार भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ