arrow

काँग्रेसको नाराबाजीकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित  

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
giriraj_samsad.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबारको संसदमा नाराबाजीकाबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।

काँग्रेसले नाराबाजी गरिरहेको बेलामा निर्णयार्थ पेश गरिएको विधेयक विरोधका बीच स्वीकृत भएको हो । विरोधका बाबजुत शुक्रबारको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि काँग्रेसले रोष्ट्रम घेरेको थियो। तर, सो विरोधको बेवास्तागर्दै विधेयक पारित गरेको हो । संसदको गतिरोध अन्त्यको लागि सत्ता पक्ष र प्रतिपक्षको बैठकमा विना सहमति टुङ्गिए पछि काँग्रेसले संसदको रोष्ट्रम घेरेको हो ।

शुक्रबार संसद बैठक बस्नु अघि सत्ता पक्ष र प्रतिपक्षबीच संसद भवन नयाँ वानेश्वरमा बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि बसेको संसद बैठकमा काँग्रेसले शुक्रबार पनि विरोध गरेको छ । काँग्रेसले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसकी सचेतक पुष्पा भुषाललाई बोल्न समय दिए । 

काँग्रेसले आफ्ना पूर्व सभापतिहरुको नाममा खुलेका अस्पतालहरु खारेज गराउन लागेको, अनसनरत डा। गोविन्द केसीसँग सरकारले गरेको सहमती पूरा नगरेको लगायतका आरोप सहित संसद अवरुद्ध गराउँदै आएको छ । काँग्रेसले कुनैपनि हालतमा चिकित्सा शिक्षा विधेयक हुबहु पारित हुन नदिने अडान राख्दै आएको छ भने सत्तापक्ष प्रतिपक्षलाई पेलेरै भएपनि विधेयक हुबहु पारित गर्ने पक्षमा रहेको छ ।

आफ्ना मागहरु पूरा नभए संसदमा विरोध जारी राख्ने निर्णय गरेपछि सत्तापक्ष पनि गतिरोध अन्त्यको लागि प्रतिपक्षसँग वार्तामा बस्न तयार भएको थियो। तर, सहमति हुन नसकेपछि काँग्रेसको संसदमा विरोध पनि जारी रहेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ