arrow

दलितलाई दलित न भन्नुस : प्रदेश प्रमुख

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ११ शुक्रबार
ratneshorlal.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समाजमा रहेका कमि कमजोरीलाई पहिल्याउँदै अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

युरोपियन युनियन, एफ सी ए, मेडिया एडभोकेसी ग्रुपको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा जनकपुरधाममा आयोजित प्रदेश स्तरीय नीति सम्बाद कार्यक्रममा प्रदेश प्रमुख कायस्थले सो कुरा बोल्दै  दलित समुदाय पनि मानव नै भएकोले दलितहरुलाई दलित भनेर सम्बोधन गर्न नहुने तर्क राखे ।

जन्मिदै कोही दलित भएर आएका हुँदैनन समाजले नै काम अनुसारको पहिचान दिने भएकोले त्यस्ताहरुको कमि कमजोरिमा सबैले हातेमालो गरी अघि बढ्नुपर्नेमा सुझाव दिए।  दलित समुदायमा पनि क्षमतावान ब्यक्तिहरु रहेकाले दलित र गैर दलित भनेर कसैलाई छुट्याउन नहुने  प्रदेश प्रमुख कायस्थले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश साँसद राम अशिष दास नेपालमा दलित समुदायको सत्य तथ्य तथ्याड्ढ नेपाल सरकारसम्म अहिले सम्म नरहेको दाबी गरेका छन ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति  सन्तोष यादवले नेपालमा दलितहरुका लागि प्रयाप्त कानुन निर्माण भएपनि व्यवहारमा लागु हुन नसकेकोमा दुखेसो पोखे । त्यस्तै अहिलेसम्म दलित आयोग गठन हुन नसक्नु दुःखदपुर्ण रहेको बताए ।

यस्तै, नेकपाका झल्कु यादवले एक्काईसौ सताब्दीमा दलित भएकै कारण मानवसँग समाजमा भईरहेको विभेद र छुवाछुत अत्यन्तै दुःखद रहेको बताएका छन ।

कार्यक्रममा भिम परियारद्धारा कार्यपत्र प्रस्तुत गरिएको थियो भने प्रदेश साँसद परमेश्वर साह, मन्जु यादव, प्रतिनिधि सभा सदस्य रामपृत पासवान सहितले आ आफ्नो धारणा राखेका थिए ।त्यस्तै, कार्यक्रममै सँघले १२ बुन्दे माग सहितको ज्ञापन पत्र पदेश प्रमुखलाई बुझाएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ