arrow

के हो भेनेजुयला संकट, जसका लागि अमेरिका, रुस र चीन विभाजित भए ?

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
venezuela-conflict.jpg

काठमाडौं। विश्वमा १९५ मुलुक छन्। धेरैले मानव सभ्यता विकासको क्रममा धेरै किसिमका चरणहरु पार गर्दै आएका छन्। यसै क्रममा धेरै मुलुकहरु अस्तित्वको लागि संघर्ष गर्नुपर्ने अवस्थामा छन्। केही मुलुकहरु युद्ध, गृहयुद्ध र अर्थतन्त्र ध्वस्त हुनसक्ने अवस्थामा पुगेसँगै अस्तित्वको लागि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका हुन्। 

२१ औं शताब्दीमा यो सूचीमा भेनेजुयला पनि समेटिएको छ। यो मामिलामा भेनेजुयल निकै जोखिममा रहेको छ। यहाँ जारी राजनीतिक घमासान, कमजोर अर्थव्यवस्था र सेनाको प्रयोग पनि एक र अर्काको भागमा विभाजित भएको छ। विश्वका प्रमुख शक्ति मुलुकहरु पनि यहाँ आफ्नो प्रभाव बढाउन त्यहाँ आफ्नो प्रभाव बढाउने तयारीमा रहेका छन्।

के हो त भेनेजुयलाको वास्तविक संकट ? 
१. आन्तरिक राजनीति 
भेनेजुयलाको राजनीतिक संकट सन् २०१९ को शुरुवातबाट भएको थियो। अहिलेको अवस्थामा भेनेजुयलाको राष्ट्रपति को हो भन्ने स्पष्ट भएको छैन। २०१९ को शुरुवातमा राष्ट्रपतिको निर्वाचनको नतिजा सार्वजनिक भएको थियो। जसमा निकालस मादुरो विजयी भएका थिए। यद्यपि उनीमाथि निर्वाचनमा गडबडी गरेका आरोप लागेको थियो।

निर्वाचनमा मादुरोको विपक्षमा खुआन गोइदा थियो। यसै महिना उनी विपक्षका नेता बनेका छन्। यसअघिसम्म उनलाई विश्व समुदायका कसैले चिन्दैनथे। अहिले उनी आफैंलाई राष्ट्रपति बताइरहेका छन्। निर्वाचनको नतिजापछि मादुरोले कुसी छोड्न अस्वीकार गरेका छन्। यद्यपि गोइदो आगामी निर्वाचनसम्म अन्तरिम राष्ट्रपति बन्ने आफ्नो अधिकार रहेको बताउँदै आएका छन्। 

गोइदो यसअघि ह्युगो चाभेजको विद्धमा प्रदर्शन गर्ने नेता हुन्। चाभेजले मादुरोलाई आफ्नो उत्तराधिकारी चुनेका थिए। यद्यपि उनी चाभेजजस्तो लोकप्रिय भने हुन सकेनन्। उनले विफल आर्थिक नीतिको कारण अहिले भेनेजुयला संकटमा रहेको हो।

२. यसमा विश्व विभाजित हुनुपर्ने कारण के हो ? 
विश्वका धेरै ठूला मुलुकले यो मामिलालाई आफ्नो इज्जतको विषय बनाएका छन्। मादुरोले आफ्नो सत्ता छाड्न अस्वीकार गर्दै आएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोइदोको अन्तरिक सरकारलाई स्वीकार गरिएको बताएका छन्। अमेरिकाले मादुरो पूर्वराष्ट्रपति भएको बताउँदै सेनालाई गोइदोको समर्थनका लागि आग्रह गरेको छ तर अहिलेसम्म सेना मादुरोको पक्षमा नै देखिएका छन्। 

यस विषयमा मादुरोले अमेरिकासँगको सबै सम्बन्ध तोडेका छन्। उनले २४ गत विहीबार अमेरिकी राजदूतलाई ७२ घण्टाभित्र मुलुक छाड्न निर्देशन दिएका छन्। राजदूतले भने मादुरोलाई यस्तो आदेश दिने अधिकार नभएको भन्दै अस्वीकार गरेका छन्। 

अमेरिकाले मान्यता दिएसँगै केही मुलुकहरुले पनि भेनेजुयलाको राष्ट्रपतिमा उनलाई समर्थन गरेका छन्। जसमा ब्राजिल, कोलम्बिया, चिली, पेरुजस्ता मुलुक छन। रुस, चीन, टर्की, इरानलगायतका मुलुकले भने मादुरोको समर्थन गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ