arrow

पत्रकारलाई तीन हजार लिटर इन्धन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
711207971.jpeg
काठमाडौं । चर्को इन्धन अभाव झेलिरहेको राजधानीमा कार्यरत पत्रकारलाई सरकारले आज तीन हजार लिटर पेट्रोल वितरण गरेको छ । आमसञ्चार क्षेत्रका व्यक्तिका कठिनाइलाई दृष्टिगत गरी वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङ लिमिटेडको कालिमाटीस्थित पम्पबाट उक्त परिमाणको पेट्रोल वितरण गरेको हो । 

‘सञ्चारकर्मीलाई सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा दुईपाङ्ग्रे सवारीलाई रु ५०० को र चारपाङ्ग्रे सवारी साधनलाई रु एक हजार ५००को पेट्रोल वितरण ग¥यौँ”, लिमिटेडका सूचना अधिकृत गीता निरौलाले भनिन् । 

बिहान ११ नबज्दै दरबन्दीको पेट्रोल बिक्री वितरण भइसकेकाले धेरै पत्रकारले पेट्रोल नपाएको उनले बताउनुभयो । सञ्चारकर्मीलाई सहज रुपमा पेट्रोल उपलब्ध गराउने निर्णय अनुरुप पुनः इन्धन वितरण गर्न साल्ट ट्रेडिङलाई निर्देशन नभएको जानकारी दिँदै निरौलाले सरकारबाट अर्को निर्णय नभएसम्म पत्रकारलाई इन्धन बिक्री गर्न नसकिने स्पष्ट पारिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ