arrow

भ्रष्टाचारीलाई कार्वाही नगरे तरुण दलले कार्वाही गर्ने अध्यक्ष बस्नेतको चेतावनी

सडकमा आउन डराउने तरुणलाई घरपरिवारको हेरचार गरेर बस्न अध्यक्ष बस्नेतको सुझाव

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
jitjung-tarun_jpg.jpg

बुटवल। नेपाल तरुण दलले प्रदेशस्तरिय विरोध कार्यक्रम प्रदेश नम्वर ५ को बुटवलमा गरेको छ। तरुण दल रुपन्देहीको संयोजनमा केन्द्रीय समितिले बुटवलमा प्रदेश ५का सबै १३ जिल्लाको तरुणहरुको व्यापक सहभागीतामा सरकार विरोधी कार्यक्रम गरेको हो। तरुण दलले प्रदेश नम्वर १ बाट शुरु गरेको विरोध कार्यक्रमको पाँचौ दिन प्रदेश ५को बुटवलमा विरोध कार्यक्रम गरेको हो। 

बिरोध कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष जीतजंग बस्नेतले केपी र प्रचण्डको आडमा तरुण दलका नेता तथा कार्यकर्तालाई अनावश्यक दुख दिने कार्य बन्द गर्न प्रहरी प्रशासनलाई बस्नेतले चेतावनी दिएका छन्। अधिनायकवादी कम्युनिष्ट सरकारसँग लड्न अबको दिन अझै चुनौतीपूर्ण हुने उल्छलेख गर्दै बस्नेतले सरकार र पुलिस प्रशासनसंगको डरले पदिय दायित्व बोकेको साथीहरु संगठन नगर्ने अनि सडकमा नआउने हो भने घरमै परिवारको हेरचाह गरेर बस्न सल्लाह दिदै त्यस अवस्थामा दलले नयाँ साथीहरुलाई जिम्ममा दिने बताए। 

प्रदेश नं ५ कै रोल्पा जिल्लाका लिवाङ नगरका अध्यक्ष रोहित पुनलाई कम्युनिष्टका यूवा समुहले गोली हानेर मारेको स्मरण गर्दै अध्यक्ष बस्नेतले सरकारले रोहितलाइ सहिद घोषणा गर्नु पर्ने माग राखे। उनले तरुण दलका तर्फबाट रोहित पुनलाई सहिद घोषणा गर्ने प्रतिबद्धता गरे। प्रदेश ५का सांसदहरुको लागि खरिद गरेको गाडीहरुमा चरम भ्रष्टाचार भएको र छानबिन गरेर कार्वाही नगरे तरुण दल उक्त गाडी खोस्ने चेतावनी दिए। 

तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले शान्ति प्रक्रियाको नायक र संविधानको पिता गिरिजा बाबू र सुशील दाको नामको अस्पताल बन्द गर्ने आदेश दिने प्रधानमन्त्री केपी ओलीको कडा विरोध गरे। संसदमा २ तीहाई जनमत दिने जनतालाई हराएर नेकपाले भ्रष्टाचार र माफीयालाइ सरकार चलाउने लाइसेन्स दिने अधिकार कस्ले दियो चापागाईको प्रश्न थियो।  

दलका महासचिव भुपेन्द्र जंग शाहीले तरुण दल जस्तै एक भएर अधिनायकवाद विरुद्ध लड्न कांग्रेस नेताहरुलाइ अनुरोध गरे। 

कोषाध्यक्ष विद्वान गुरुङले राष्ट्रपतिलाई महँगो साडी र १२ करोडको गाडी दिदैमा समृद्धी नआउने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ