arrow

ईन्जिनियर विकासको मेरुदण्ड : प्रदेश प्रमुख कायस्थ

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ १३ आइतबार
pradesh-2-engineering.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले देश-प्रदेश विकासको लागि ईन्जिनियरहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने तर्क राखेका छन्। नेपाल ईन्जिनियर्स एशोसिएशन प्रदेश नम्बर दुईको नव निर्वाचित पदाधिकारीहरुको सम्मान-पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख कायस्थले सो कुरा बताएका हुन्।

ईन्जिनियरहरु विकासको मेरुदण्ड भएकोले समाज निर्माणका कुनै पनि कुरा ईन्जिनियर बिना हुनै नसक्ने दावी समेत गरे। विकासका हरेक पक्षमा सवल र सक्षम ईन्जिनियरहरुको आवश्यक्ता भएकोले पुर्वाधार निर्माण जस्ता बिषयमा ईन्जिनियरहरुको उचित मार्गदर्शन आवश्यक पर्ने समेत बताए। अहिलेको विकासका कार्यहरु गुणस्तरहिन हुँदै गईरहेको प्रति प्रदेश प्रमुख  कायस्थले चिन्ता समेत व्यक्त गरेका छन्। 

कार्यक्रममा जनकपुरधाम उपहानगरपालिकाका मेयर लाल किशोर साहले अहिलेको समय विकास कार्यमा ध्यान केन्द्रित गर्नु रहेकोले एक अर्काको कमी कमजोरी माथि ध्यान नदिई सबै मिली विकास कार्यमा लाग्नुपर्ने बताए। साथै मेयर साह प्रदेश सरकार तथा संघ सरकारबाट प्रयाप्त सहयोग नपाएको गुनासो गरे।

बिभिन्न निकायका ईन्जिनियर्सहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रदेश सांसद राम अशिष यादवले समेत आफ्नो मन्तव्य राखेका थिए। सो कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराईएको थियो भने प्रदेश प्रमुखले सम्मान पत्र प्रदान गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ